• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बागलुङकी संक्रमित बिरामी यसरी पुगेकी थिइन बेल्जियम

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बिरामी परेकी युवती दुई महिनाअघि बेल्जियम पुगेकी थिइन । ११ कक्षामा अध्ययनरत उनी बेल्जियममा स्थायी बसोबासको कागजपत्र बनाउने सिलसिलामा गएकी थिइन् । 

बुवा, आमाले बेल्जियममा स्थायी बसोबासको कार्ड पाएपछि उनी कागजत मिलाउन त्यहाँ गएकी थिइन । बागलुङमा हजुर बुवा–आमासँगै बस्दै आएकी युवती बेल्जियम प्रस्थान गर्ने र बुवा नेपाल आएका थिए । बेल्जियम निवासी एक नेपालीले जानकारी गराए अनुसार उनी लुभेनस्थित एक नेपाली समाजसेवीसँग बसेकी थिइन । संक्रमित युवती ती समाजसेवीकी आफन्त रहेको स्रोतले बतायो ।

बेल्जियमबाट छोरी फर्किएपछि आफू जाने तयारीमा रहेका संक्रमित युवतीका बुवा यतै रोकिएका छन् । शनिबार साँझ स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उनको स्वाब रिपोर्ट पोजेटिभ आएको भनि जानकारी गराएको थियो ।

शनिबार उनको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ । गण्डकी प्रदेशमा संक्रमित हुने उनी पहिलो व्यक्ति हुन । ‘उनको स्वास्थ्यमा त्यस्तो धेरै खराबी छैन । फ्रान्सबाट आएकी युवतीलाई संक्रमणको पुष्टि भएदेखि उनी होम क्वारेन्टाइनमा थिइन’, एक स्थानीयले समाचारदैनिकसँग भने ।

‘उहाँ  चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा भने– ‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा  हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।’     

उक्त विमानमा सवार १ सय ५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई  पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो । सँगै सवार रहेका बागलुङ ढोरपाटनका एक युवा अझै होम क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्यमा त्यस्तो केही नदेखिए पनि स्वाब लिने तयारी भएको स्वास्थ्यकर्मी ऋतुवर्ण पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर