• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना भाइरसबाट स्पेनकी राजकुमारी टेरेसाको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ग्रस्त रहेकी स्पेनकी राजकुमारीको मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको मृत्यु शुक्रबार भएको पुष्टी गरेका छन्।

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर