• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, स्पेनको अबस्था भयावह बन्दै

एजेन्सी ।  विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

दैनिक थपिने संक्रमितको संख्या र मृत्युहुने दर बढ्दा इटालीको अबस्था भयावह बनेको छ । पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ जना पुगेको छ । मृत्युदरको ग्राफ अझै बढ्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । २९ जनावरीमा पहिलो केस देखिएको इटालीमा करिब २ महिनाको अवधिमा ९२ हजार ४७२ जना संक्रमित छन् ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसमध्ये इटाली कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । यहाँ धेरैको ज्यान गएको छ ।

युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा पाँच हजार ९८२ जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७३ हजार २३५ रहेको छ ।

विश्वभर अहिलेसम्म ६ लाख ६२ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मृत्यु हुनेको संख्या ३० हजार ८४७ रहेको छ । अहिलेसम्म एक लाख ४१ हजार ९५१ जना निको भएर घर फर्किएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर