• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नेपाल वायुसेवाको विमानमार्फत चीनबाट स्वास्थ्य सामाग्री आइपुग्यो

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको हवाईजहाज काठमाडौं आइपुगेको छ ।

कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर