• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले २ घण्टा सडकमा उभ्याउने

काठमाडौँ । लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्दै आएकोमा आइतबारदेखि भने जहाँ भेटिएको हो त्यहिँ उभ्याएर ब्रिफिङ्ग गरिने भएको छ । लकडाउन उल्लंघन गर्ने गर्नेलाई कम्तिमा दुइ घण्टा सडकमै उभ्याउने प्रहरीले जनाएको छ । 

पक्राउ गरेर गाडीमा हाल्दा संक्रमण फैलिने जोखिम हुने भएकाले आइतबारदेखि उल्लंघन गर्नेलाई जहाँ भेटियो त्यहिँ दुई घण्टासम्म राखिने र ब्रिफिङ्ग गरिने महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लागु गरेको एक हप्ते लकडाउनको आइतबार छैटौँ दिन हो । अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर