फिल्म ‘डियर जिन्दगी’ पछि फेरी एकसाथ काम गर्दै शाहरुख खान–आलिया भट्ट

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान  लामो समयदेखि फिल्मबाट टाढा छन् । उनको फ्यान आगामी फिल्मको प्रतिक्षामा रहेका छन् । अघिल्लो वर्ष शाहरु ख खान आन्नद एल रायको फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्ममा उनको साथमा कटरीना कैफ र अनुष्का शर्मा देखिएकी थिइन् ।

तर दर्शकलाई यो फिल्म खासै मन परेन यही कारण होला शाहरु खान लामो समयदेखि फिल्ममा देखिएका छैनन ।  केही समयदेखि शाहरुख खान फिल्ममा खेल्ने विषयलाई लिइर चर्चामा छन् । भारतीय मिडियाले जनाए अनुसार फिल्म ‘डियर जिन्दगी’पछि निर्देशक सिद्धार्थ आन्दको आगामी फिल्ममा शाहरुखको साथमा आलिया देखिदैछिन् । सिद्धार्थ आन्दले पछिल्लो समय ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ निर्देशन गरेका थिए । जुन फिल्म बक्स अफिसमा सुपररहिट भएको थियो । 

फिल्म डियर जिन्दगीमा आलिया र शाहरुखको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्मको कहानीलाई धेरैले प्रसंसा गरेका थिए । यो फिलममालाई गौरी शिन्देले निर्देशन गरेका थिए ।   कोरोना भाइरसको त्रासका कारण बलिउडका सबै फिल्म सुटिङ यतिबेला स्थगित भएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर