कोरोना संक्रमित भिडियोग्राफर शम्भु मोक्तान उपचारपछि घर फर्किए

काठमाडौं । चर्चित भिडियोग्राफर शम्भु मोक्तान कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।  न्युयोर्कको लङ आइल्याण्ड स्थित जुइस अस्पतालमा उपचार गराइरहेका उनी  अहिले  खतरामुक्त रहेको र डाक्टरले डिस्चार्ज गर्न लागेको उनले जानकारी दिएका छन् ।

उनले आफू कष्टमा रहेको भन्दै सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेका थिए । केहि समय अघि देखि उनलाई घाँटी दुख्ने, ज्वरो र खोकीको लक्षण देखिएको थियो । उनी केही दिनअगाडि अस्पतालमा भर्ना भएका थिए । सबैको प्रार्थनाले आफु ठिक भएको भन्दै उनले सबैलाई धन्यबाद दिएका छन् । 


मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले थुप्रै म्युजिक भिडियो तथा फिल्म खिचेका छन् । उनले न्युयोर्कको ज्याक्सन हाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर