लकडाउनमा घरमै बसेर फेसबुक लाइभ मार्फत यसरी हेर्नुस् दयाहाङ राईको नाटक ‘जालिनी’ !

काठमाडौं । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को तेस्रो दिन नाटक ‘जालिनी’ फेसबुक लाइभ मार्फत देखाइनेछ ।  आइतबार ५ बजे थिएटर मलको फेसबुक पेज  www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ । 

ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित नाटक ‘जालिनी’ देखाइनेछ । मण्डला थिएटरको प्रस्तुति रहेको उक्त नाटकको परिकल्पना तथा निर्देशन चर्चित अभिनेता दयाहाङ राईले गरेका हुन् ।

थिएटर मल – कीर्तिपुर रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ (चैत्र १४) विश्व रङ्गमञ्च दिवसको दिन देखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ शुरु गरेको हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर