• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मेसी 'कलाकार' हुन्, कोचले फुटबल सिकाउनै पर्दैन -लुईस एनरिक 

एजेन्सी । बार्सिलोनाका पूर्व मेनेजर, अहिले स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हुन् लुईस एनरिक । एनरिकले छोडेपछि अर्नेस्टो भालभार्डेले बार्सिलोना सम्हाले । यही सिजन उनलाई क्लबले बर्खास्त गर्यो । 
तिनै पूर्व प्रशिक्षक एनरिकले विश्व नम्बर वान फुटबलर लियोनल मेसीबारे टिप्पणी गरेका छन् । उनले भनेका छन्, मेसीलाई प्रशिक्षण दिनै पर्दैन । उनि आफैंमा पूर्ण खेलाडी हुन् । उनले अझ थपेका छन् । मेसी उनको पुस्ताको मात्र हैन ईतिहाँसकै एक पूर्ण खेलाडी हुन् ।

सवैभन्दा धेरै ६ पटक विश्वको नम्बर एक खेलाडीले पाउने बेलोन डि ओर उनले जित्नुले पनि मेसी उत्कृष्ट खेलाडी हुन् भन्ने पुष्टि हुने उनले बताए । 
सन् २०१८ मा स्पेनिस टिमको नेतृत्व सम्होल्नुपूर्व एनरिकले सन् २०१४ देखी २०१७ सम्म मेसीसहितको टिम बार्सिलोनाको नेतृत्व गरेका थिए ।

स्पेनिस राष्ट्रिय टिमसंगको प्रश्न उत्तर कार्यक्रममा एनरिकले मेसीलाई कसरी तालिम दिने ? भन्ने प्रश्नको उत्तरमा भने, मैले उनलाई कसरी बल ड्रिबल गर्ने, कसरी पास निकाल्ने र कसरी सुट हान्ने भनेर कहिल्यै सिकाउनु परेन । किन भने उनि आफैं फुटबलका कालाकार थिए । हामीले उनलाई हामिले विकास गरेको पद्धतिबारे मात्रै प्रशिक्षण दिएका थियौं ।

त्यसका सागै विपक्ष विरुद्ध कसरी प्रेसर क्रियट गर्ने, कसरी पास लिनका लागि खाली ठाउँ बनाउने जस्ता कुरा आफुले मेसीलाई सिकाएको उनको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर