• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना विरुद्धको युद्ध जितेकोमा प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई दिए बधाई

काठमाडौं । चीनको हुवेही प्रान्तको वुहानबाट सुरु भएको कोरोना भईरसको प्रकोप यतिबेला अमेरिकाको न्यूयोर्क हुन पुगेको छ । ८१ हजार मानिसमा संक्रमण फैलिएपनि चीनले अन्ततः कोरोना भाईरसमाथि विजय हाँसिल गरेको छ । हुवेयी प्रान्तमा सर्वसाधारणको गतिविधि पुरानै अवस्थामा फर्कियो । यसबीचमा चीनले आफ्ना ३३ सय भन्दा धेरै नागरिक गुमायो । 

कोरोनाले विश्वलाईनै पिरोलिरहेका बेला चीनले हाँसिल गरेको विजय प्रति नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई पत्र लेखेर कोरोना विरुद्धको लडाईंमा सफलता प्राप्त गरेकोमा बधाई दिएका छन् ।

प्रचण्डले सीलाई चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको हैसियतमा पत्र लेख्दै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गरेका छन् । विश्वव्यापी महामारी बनेको कोरोना विरुद्धको लडाईंमा चीनले सफलता प्राप्त गरेकोमा प्रचण्डले चिनियाँ नेतृत्व र त्यहाँका जनतालाई बधाई पत्र लेखेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

प्रचण्डले दुई दिन अघि लेखेको पत्रमा कोरोनाको सम्भावित जोखिम टार्न नेपालले पनि काम गरिरहेको र यसका लागि चिनियाँ सरकार र जनताको सहयोगको अपेक्षा गरेकोसमेत उल्लेख रहेको संयोजक सापकोटाले समाचार दैनिकलाई बताए ।

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड(१९ नाम दिएको थियो । विश्वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार मानिसको ज्यान गाइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर