• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

'लकडाउन' एक साता थप हुँदै

काठमाडौं । कोरोना भईरसको संक्रमण फैलिन नदिन सरकारले थप ७ दिन लकडाउन लम्ब्याउने भएको छ । कोरोना भईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफरिस अनुसार केहीबेर पछि सुरु हुने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने समितिका एक सदस्य तथा मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए ।

मन्त्रिपरिषदको बैठक केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुदैछ । 

चैत्र ११ गते मंगलबार देखि सरकारले देशभर लकडाउनको घोषणा गरेको थियो । त्यस अघि नै कोरोना संक्रमितहरु नेपाल भित्रन नदिन सरकारले नेपाल तथा भारतका सीमा र उडानहरु बन्द गरेको थियो ।

कोरोना संक्रमितहरु पछिल्लो चरणमा बढ्न थालेपछि सरकारले थप एक साता लकडाउन गर्ने तयारी गरेको हो । नेपालमा अहिले सम्म ५ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनालाई निको भएको छ भने ४ जनाको उपचार भईरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर