कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

बुटवल । बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । बैदेशिक रोजगारीबाट हालै स्वदेश फर्केका उनमा कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो ।

पाल्पा घर भई रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३४ वर्षिया एक जनाको मृत्यु भएको हो । उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यसको रिपोर्ट आइसकेको छैन । उनी वैदेशिक रोजगारीका क्रममा दुबईबाट केहीदिन अगाडी नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर