• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:50 pm

अभिनेत्री वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोषलाई १ लाख सहयोग गर्ने

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले प्रधानमन्त्री राहत कोष लाई  १ लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत एक भिडियो पोष्ट गर्दै उक्त जानकारी दिएकी हुन् । उनले दिनरात मजदुरि गरेर जिबिकोपार्जन गर्नेहरुको लागि उक्त सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।

भिडियोमा उनले भनेकी छिन् – ‘सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ तर पनि बिशेष गरेर दिनरात मजदुरी गरेर जिबिकोपार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागी जती सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ, यस्को लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु ।’ 

उनले दिनरात भोकभोकै खट्ने डक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्बन्धित अन्य व्यक्तिहरु, प्रहरीहरु र कोरोना भाइरसबाट बचाउन लागेका अन्य क्षेत्रका ब्यक्तिहरुलाई धन्यबाद पनि दिएकी छिन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वर्षा सिवाकोटीको अनुरोध : कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला

  • १२ जेठ, २०७७

काठमाडौं । अभिनेत्री वर्षा राउत अहिले विवादमा परेकी छन् । नेपाल र भारतको सीमानाको विषयमा आफ्नो भनाइ प्रस्तुत गर्दा वर्षा विवादमा परेकी हुन् । उक्त

प्रियंका लेख्छिन्–हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ?

  • १२ जेठ, २०७७

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले बोल्ने क्रममा वर्षाबाट गल्ती भएको भन्दै माफि दिन आग्रह गरेकी छन् ।  उनले सामाजिक सञ्जिाल मार्फत आफ्नो विचार

चर्चामा दीपिका र रणवीरको प्रेम, भिडियो भाइरल

  • १२ जेठ, २०७७

एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडी बलिउडमा निकै रुचाइएको जोडी हो । सामाजिक सञ्जालमा उनीहरुको बैवाहिक सम्बन्धपछिको प्रेम