• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्रिपरिषदको निर्णय : विद्युत महशुलमा २५ प्रतिशत छुट, खाद्यान्नमा १० प्रतिशत

यस्ता छन् अन्य निर्णय

काठमाडौं । सरकारले विद्युत महशुलमा छुट दिने भएको छ । आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण नियन्त्रणका लागि यतिबेला सरकाले पुरै देश नै लक डाउन गरेको छ । 

लकडाउनका कारण परेको समस्याका कारण सरकारले विद्युत महशुल लगायत खाद्यन्न, घरभाडा र इन्टरनेटमा छुट दिने व्यवस्था गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई फागुन र चैत महीनाको महशुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए 

यस्तै, खाद्य संस्थानले दाल चामल लगायत खाद्य वस्तुमा १० प्रतिशत छुट दिने भएको छ ।

सरकारले इन्टरनेट शुल्कमा समेत छुट दिने निर्णय गरेको छ । सरकारले यो अवधिमा इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने सरकारले निर्णय गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको भने स्थानीय सरकारले लगत तयार पार्ने र सरकारले राहत दिने भएको छ ।

मजदुरहरुको घरभाडा छुट दिलाउन पहल गर्ने सरकारले निर्णय गरेको छ । एक महीनाको घरभाडा छुट गराउने पहल गर्ने र सरकारले घरबहाल महशुलबाट घरधनीलाई व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर