• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वभर कोरोनाका त्रास रहदाँ बेलारुस फुटबलमा मस्त

एजेन्सी । कोरोना भाइरसका कारण युरोपका अधिकांश देशमा फुटबल गतिविधि ठप्प छन् । लिग गेम स्थगित गरेर युरोपेली मुलुक लकडाउनको अबस्थामा छन् । तर युरोपेली मुलुकको एक देश बेलारुस भने कोरोनाको प्रवाह नगरी यतिबेला फुटबलमा मस्त छ ।

कोरोनाको संक्रमण भएपनि बेलारुसमा शीर्ष डिभिजनको लिग फुटबल चलिरहेको छ । यसअघि बेलारुसको लिग फुटबलको अन्तर्राष्ट्रिय स्तरमा त्यति चर्चा हुँदैन थियो ।

त्यसैल त अहिले कोरोनाको संक्रमणबीच चलिरहेको लिगले सबैको ध्यान तानेको हो । बेलारुसको राजधानीमा शनिबार र आइतबार समेत लिगका खेल भए ।

 लिग हेर्न तीन हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । बेलारुसमा कोरोना भाइरस संक्रमितको संख्या करिव एक सय पुगेको छ । कसैले ज्यान भने गुमाएका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर