• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना निको भएको मानिसमा फेरी संक्रमण हुने सम्भावना कति ?

एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ एक रहस्यमय संक्रमणको रुपमा देखिएको छ । सोमबारसम्म कोरोना भाइरसको कारण  ७ लाख भन्दा बढी मानिसहरु प्रभावित भइसकेका छन् । तीव्र रुपमा फैलिरहेको यो भाइरसबाट दिनहुँ करिब ४ हजार मानिसको मृत्यु भइरहेको छ ।

कोरोना भाइरसको लक्षणको रुपमा अहिलेसम्म सामान्य रुघा खोकी र ज्वरो देखिएको छ । यो भाइरस लागेका करिब ५ लाख मानिसहरु उपचारपछि घर फर्केका छन् । मौसम परिर्वतनसँगै यो भाइरसले आफ्नो स्थान फराकीलो पार्दै  गएको छ । तर के एक पटक कोरोना संक्रमण भएर निको भएको मानिसमा फेरी संक्रमण हुन्छ की हुदैन त ?

कारेनोरा भाइरस असहलेसम्मकै घातक संक्रमणको रुपमा देखिएको छ । तर भाइरस सतहमा कहिलेसम्म रहन्छ त्यो जान्न निकै आवश्यक छ । भाइरसको अवधी २–१४ दिनको हुन्छ । जसको अधिंकाश लक्षण धेरै मानिसमा चार अथवा पाँच दिनमा देखिन्छ । रोग नियन्त्रण रोकथाम केन्द्रले जनाए अनुसार धेरै मानिसहरुमा संक्रमण देखिने अवधी एक हप्ताको हुन्छ । त्यो समय हल्का रुपमा मात्र कोरोना भाइरसको लक्षण देखिएको हुन्छ जसको कारण सजिलै एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम हुन्छ । 

तर के दोबारा कोरोना भइरस हुन्छ त ?
अहिलेसम्म कोरोना भाइरसको उपचारपछि घर गएका मानिसहरुमा दोसा्रे पटक परिक्षण गर्दा ०.२ प्रतिशत मानिसहरुमा  संक्रमण देखिएको छ । एक रिर्पोट अनुसार दोस्रोपटक संक्रमित देखिएका अधिकांश मानिसहरुका कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । 
 

  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर