• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना आशंका गरिएकी युवतिको वीर अस्पतालमा मृत्यु, नमुना जाँच गर्न टेकु पठाइयो

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) संक्रमणको आशंका गरेर वीर अस्पतालमा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल पुरयाइएको थियो । 

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनी भारतबाट आएको खुलेको छ । समाचार दैनिकसँग कुरा गर्दै डा. सेञ्चुरीले भने,‘यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो ।’

उनलाई कोरोना संक्रमणको आशंका गरेर नमुना टेकु ल्याबमा पठाइएको उनले जानकारी दिए । युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर