क्वारेन्टाइनमा नृत्य प्रतियोगीता जित्नेलाई विशेष उपहार

काठमाडौं । लकडाउनको समयमा होम क्वारेन्टाइनको सदुपयोग गर्न नृत्य प्रतियोगीता हुने भएको छ ।  होम क्वारेन्टाइनमा बसेका नृत्य गर्ने व्यक्तिलाई ध्यानमा राख्दै चार्मिंग इन्टरटेनमेन्टले ‘क्वारेन्टाइन अनलाइन डान्स प्रतियोगिता’ आयोजना गरेको छ । 

यही बैशाख १३सम्ममा आफ्नो कम्तिमा २–३ मिनेटको नृत्य पठाईसक्नु पर्नेछ । अन्तिम निर्णय भने बैशाख १९ मा गर्ने आयोजकको तयारी रहेको छ ।

नृत्यका लागि नेपाली र नेपाली नागरिक नै हुनुपर्ने छ । सम्पादन गरिएको जुन सुकै प्रकारको नृत्यले प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । नृत्यको लागि कुनै उमेरको छेकबार छैन । प्रतियोगिताको निर्णयमा सुवास प्रधान र राज महर्जन रहेका छन् । निर्णायकको निर्णय नै अन्तिम हुने प्रतियोगीको भिडियो आयोजकको युट्युव च्यानलमा राख्ने छ भने बिजेताले रु ५००० प्राप्त गर्ने छन् । सम्पादन गरेको नृत्य cenmail9@gmail.com/ [email protected]  मा पठाउनु पर्ने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर