• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सभामुखको अपिल : आत्मानुशासन कायम राखेर यो महामारीलाई परास्त गरौं 

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले विश्वमा नै महामारीको पमा फैलिएको कोघिड १९ (कोरोना भाइरस) बाठ बच्न सुरक्षाका उपायहरु अपनाउन अपिल गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

यो महामारी निश्चय नै लामो समय नरहने उल्लेख गर्दै आत्मानशासन कायम गरेर महामारीलाई परास्त गर्नका लागि अपिल गरेका छन् । उनले भनेका छन्,‘यो महामारी निश्चय नै लामो समय रहने छैन । तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर छ । त्यसैले, आत्मानुशासन कायम गरौं र यो महामारीलाई परास्त गरौं ।’

कोरोना भाइरसले उत्पन्न गरेको हाम्रो समयको सबैभन्दा विषम परिस्थितिमा रहेको भन्दै उनले सरकारले विकल्पहीन रहेको लकडाउनको पालना गरीघरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सम्पूर्ण दाजुभाइ एवं दिदीबहिनीमा अपिल गरेका छन् ।

विश्वलाई नै आक्रान्त बनाइरहेको यो रोगका कारण हामीलाई आफ्ना सारा बाह्य क्रियाकलाप बन्दाबन्दी अर्थात् लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको उनले बताएका छन् । 

‘विभिन्न मित्र राष्ट्रले सहयोग गरिरहेका छन् । देशभित्रका व्यवसायिक प्रतिष्ठानले संस्थागतएवं व्यक्तिगत स्तरमातथा देशबाहिर रहेको नेपाली समुदायले पनि स्वास्थ्य सामग्री उपलब्ध गराउन थाल्नुभएको छ । म यो कार्यको सह्रानगर्दै थप सहयोग परिचालनको आह्वान पनि गर्छु ।’ उनले भनेका छन् ।

‘प्रतिनिधि सभाको २०७६ साल फागुन २३ गतेको बैठकले कोरोना विरुद्ध राष्ट्रिय संकल्पका साथ अगाढि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको विदितै छ । थप पहल कदमीका लागि संघीय संसद सदैब तयार छ । यसका लागिआ–आफ्नो ठाउँबाट पहल जारी राख्न सम्पूर्ण माननीय सदस्यहरुलाई आह्वान गर्दछु ।’ उनले भनेका छन् ।
 
सरकारले विभिन्न क्षेत्रलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि सारेको उनको भनाई छ । 

‘यो बिषम परिस्थितिमा अग्रपंक्तिमा रहेर डटिरहनु भएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुको उच्चप्रशंसा गर्दछु । उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत् स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिहरुको मनोबल उच्चपारी परीक्षणको दायरा बढाउन आग्रह गर्छु ।’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर