• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 04:07 am

चितवन : कोरोना अस्पतालमा उपचार लिने बढे, यस्तो छ सावधानिको तयारी र लकडाउनको प्रभाव

चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रियता देखाएको छ । 

लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जनप्रतिनिधि, प्रहरी र प्रशासन एकसाथ अघि बढिरहेका छन् ।

कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले वडाहरुलाई विदेशबाट आएकाहरुको निगरानि राख्न भनेको छ ।

संघीय सरकारको आदेश बमोजिम स्थानीय तहले वडा कार्यालयहरुलाई हालै स्वदेश आएकाहरुको बारे विवरण लिन भनेको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द भएपछि जनप्रतिनिधीहरु स्वदेश आएकाहरुको खोजीमा लागेका छन् ।

भरतपुर महानगरपालिकाको सबैभन्दा धेरै जनसंङख्या भएको भरतपुर ११ ले पनि आफ्नो वडामा कोरोनाको संक्रमण फैलन नदिन विभिन्न गतिविधि संचालन गरिरहेको छ । वडाध्यक्ष बाबुराम अधिकारी आफै टोलटोलमा पुगेर नागरिकलाई कोरोनाबारे जानकारी गराउँदै घरबाट बाहिर ननिस्कन आब्हान गरेका छन् । उनले विदेशबाट वडामा आएकाहरुको तथ्याङक संकलन गरेर उनिहरुलाई होम क्वारेन्टाइनमा बस्न कडाइका साथ निर्देशन दिएको बताए ।

‘विदेशबाट आएकाहरुको हामीले नियमित निगरानी गरिरहेका छौं, अध्यक्ष अधिकारीले भने, अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।’ स्थानिय प्रहरी प्रशासन र विपत व्यवस्थापन समिति मार्फत पनि कोरोनाको संक्रमण रोक्ने विषयमा छलफल र अभियान संचालन गरिरहेको उनले बताए ।

रोगका संक्रमण नभएपनि सुरक्षाका लागि कतिपय आफ्नै घरभित्रै बसेको पाइएको समेत वडा अध्यक्ष अधिकारीले वताए ।

चितवनमा कोरोना अस्पतालबाट सेवा लिने बढ्दै 
कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसँगै आएका चितवनका  ६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोरोना विशेष अस्पतालले यो समाचार तयार पार्दासम्म १ सय ९५ जनालाई सेवा दिएको छ । अस्पतालको ओपीडीबाट आजमात्रै २४ जनाले सेवा लिएका छन् भने ६ जना भर्ना भएर बसेका  छन् । अहिलेसम्म २९ जनाको नमुना परीक्षणको लागि टेकु प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको अस्थायी कोरोना अस्पतालका प्रवक्क्ता एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए । 

उता भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्नको लागि ३० शैयाको आईसोलेसन वाड तयारी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले भने, कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ ।

कोरोना नियन्त्रणमा समग्र चितवनको तयारी 
७२ घण्टामा ७० शैयाको अस्पताल निर्माण गर्न सफल भरतपुर महानगर सफल भएको छ ।  महानगरको ७० शैयाको कोरोना अस्पतालसंगै  समग्र चितवनमा ३ सय ९६ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ ।  

महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । यस अस्पतालमा १० शैयाको सघन उपचार कक्ष, १० शैयाको एचडियू सघन उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ र ५० साधारण शैया सञ्चालनमा आएका छन् । चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रको दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको छ । 

महानगरप्रमुख रेनु दाहालले ‘मेडिकल सिटी भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताइन् । उनले भनिन, ‘हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।’

महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेका छन् । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् ।

त्यसैगरी रत्ननगर नगरपालिकाको विभिन्न स्थानमा गरी ९० शैयाको क्वारेन्वटाईन निर्माण गरेको जनाएको छ । यस्तै खैरहनी नगरपालिकामा ६६ शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ । राप्ती नगरपालिकामा १५ शैयाको क्वारेन्टाईन निर्माण गरिएको छ । 

त्यसैगरी कालिका नगरपालिकाको २५, माडी नगरपालिकामा १०५ शैया र इच्छाकामना गाउँपालिकाले १० शैयाको क्वारेन्टाईन निर्माण गरेका छन्  । उता जिल्ला कारागार चितवनमा १५ शैयाको क्वारेनटाइन स्थापना गरिएको छ ।

लक डाउनको प्रभाव
चित छैटौ दिनसम्म आईपुग्दा चितवनमा लक ढाउनको प्रभाव देखिएको छ । चितवनमा उल्लघंन गरेकालाई प्रहरीले पक्राउ गरी कारर्वाही गर्ने गरेको छ । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट । बाहिर निस्किएको भन्दै ती व्यक्तिहरूलाई  कारर्वाहि गर्ने गरेको छ । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिड्न पाउने प्रहरी जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन अन्र्तगत अत्यावश्यक बाहेकका चितवनका सबै निजि तथा सार्वजनिक संघसंस्था, बजार, पसल, कलकारखाना सबै बन्द रहेका छन् । चोक चोकमा प्रहरी परिचालन गरि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तरुण दलको मशाल जुलुशमा प्रहरीद्वारा लाठी चार्ज, आधा दर्जन सामान्य घाइते

  • १८ जेठ, २०७७

जनकपुरधाम । जनकपुरधाममा तीनै तहको सरकारको विरोधमा तरुण दलले निकालेको मशाल जुलुशमा प्रहरीले हसक्षेप गर्नुका साथै लाठी चार्ज गरेको छ । तरुण दलको

क्वारेन्टाइनमा बसेका ४ जनालाई र्‍यापिड पोजेटिभ देखिएपछि भैंसी गोठमा सारियो

  • १८ जेठ, २०७७

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्‍यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ

परीक्षण बिनै झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिए

  • १८ जेठ, २०७७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो ।