लकडाउनको सातौं दिन : कलाकारहरु कसरी कटाउँदैछन् दिन ? 


काठमाडौं । विश्वमा वर्षेनी विभिन्न रोगबाट लाखौँ मानिसहरुको मृत्यु हुने गरेको छ । तर यतिबेला महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड –१९) को कारण भने दैनिक हजारौंले ज्यान गुमाईरहेका छन् ।

लाखौँको संख्यामा संक्रमितहरु बढी रहेका छन् । नेपालको कुरा गर्ने हो भने अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

विश्वमै चुनौतिको विषयको रुपमा देखा परेको कोरोना भाइरसको रोकथामको लागि सरकारले मंगलबारदेखि एकसाताका लागि लकडाउन गरेको छ । सरकारको यो निणर्यले देश ठप्प छ । कोरोना भाइरसको त्रासका बीच देशले आर्थिक संकट ब्यहोर्ने पाटो एकातिर छदैछ, मनोरञ्जनको दुनियाँलाई पनि कोरोनाको कहरले थला पारेको छ । 

करोडौँ लगानी गरेर बनाएका फिल्म समयमा चलाउन नपाउदा निर्माताहरु पनि मारमा परेका छन् । चीनको स्प्रीड–फेस्टीबल कुरेर बसेका सैंयौं चलचित्र निर्माता डुबेजस्तै नेपालमा पनि दशैं तिहारलाई लक्षित गरेर चलचित्र बनाउनेहरु तयारीमा जुटेका थिए ।

चलचित्र क्षेत्र डामाडोल हुनु नकारात्मक पाटो भएपनि लकडाउनले केही सकारात्मक अवस्था पनि सृजना गर्यो । लामो समयदेखि आफ्नो परिवारसँग टाढा रहेका कलाकारले घर पनिवारसँग समय विताउन पाए । कयौ पुस्तक पढ्न, फिल्म हेर्न व्यस्तताको कारण नपाएका कलाकारहरुको लागि यो समय सही सदुपयोग भएको हुनसक्छ । 

धेरै मानिसहरुलाई यतिबेला कलाकारहरु के गरिरहेका छन् भन्ने कुरा विशेष चासोको विषय हुन सक्छ । कतिपय कलकाहरुको दैनिकी सामाजिक सञ्जालमा पनि पोखिएको छ । वास्तवमा कलाकारहरुको दैनिक कसरी चलिरहेको छ त ?

निर्मल शर्मा : निर्माता तथा कलाकार 
कलाकार निर्मल शर्मा यतिबेला सरकारको नियमलाई पालना गरी आफ्नै घरमा बसिरहेका छन् । उनको दिनचर्या खाना बनाउँने, सामाजिक सञ्जाल चलाउँने, फिल्म हेर्ने, गीसंगीत सुन्ने र नआएपनि गीत गुन गुनाउँने गर्दै बितेको छ ।  

साथै परिवारको साथमा रमाइलो समय बिताउँने तयारीमा छन् उनि  । उनले सरकारको नियम पालना गरेर सबैलाई घरमा बस्न समेत आग्रह गरेका छन् । 

सन्तोष सेन : निर्माता 
निर्माता सन्तोष सेनले निर्माण गरेको बहु प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ कारोना भाइरसको कारण स्थगित भयो । उनले यतिबेला लक डाउनको समयमा फिल्मको प्रोजेक्ट कसरी तयारी गर्ने भन्ने बारेमा सोचिरहेको बताए । 

साथै परिवारको साथमा २४ बस्दा, आफ्नै घरमा पकाएको खानेकुरा खादा रमाइलो भइरहेको बताए । दैनिक रुपमा घरबाट बाहिर निस्क्ने बानी भएपनि सरकारको नियमलाई पालना गर्दै बसेको उनले बताए । उनी लकडाउनको समय फिल्मको प्रचार कसरी गर्ने विषयमा सोचेर बिताउँने तयारीमा रहेका छन् । 

सीताराम कट्टेल धुर्मुस : हाँस्यकलाकार तथा समाजसेवी 
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न उनी केही समय देखि होम क्वारेन्टाइमा बसेका छन् । सामाजिक सञ्जालमा मार्फत सामाजिक सन्देश र रमाइलो गर्दै सबैलाई कोरोना भाइरसबाट बच्ने उपाय सिकाइ रहेका उनी लकडाउनको समयलाई परिवारको साथमा बिताउँने योजनामा  छन् । 
सरकारको नियमलाई पालना गर्दै भरतपुरमा निर्मानाधिंन रंगशालाको कामलाई स्थगित गर्दै होम क्वारेन्टाइनमा बसेका छन् । उनी सामानिक सञ्जालमा मार्फत सबैलाई सचेत गराउँने र परिवारको साथमा रमाउँने तयारीमा रहेका छन् ।

दीपिका प्रसाई : अभिनेत्री 
अभिनेत्री दीपिका प्रसाई लकडाउन भएको समयदेखि घरमै छिन् । उनी लकडाउनको समय सदुपयोग गर्न कितब पढ्ने , नयाँ य्ट्य्बमा रिलिज भएका फिल्महरु हेर्ने तयारीमा रहेकी छन् । कोरोना भाइरसबाट बच्नको लागि आफुले सरकारलाईपूर्ण रुपमा साथ दिएकोले सबैलाई साथ दिनसमेत उनले आग्रह गरेकी छन् । 
 
मेलीना राई : गायिका 
गायिका मेलिना राई यतिबेला गोर्कणस्थित घरमा परिवारको साथमा छिन् । उनलाई लुडो गेम खेल्न मन पर्छ ।  परिवारको साथमा बसेर लुडो खेलेर, टिकटक बनाएर लकडाउनको सदुपयोग गर्ने तयारीमा उनि रहेकी छन् । 

डीपि खनाल : गीतकार तथा गायक 
उनी यतिबेला धेरै जस्तो समय सुतेर बिताइ रहेका छन् । देश लकडाउन छ भन्ने बितिकै केही नयाँ सृजनाका कामहरु गर्न मन नलागेको उनले बताएका छन् । उनी यो समयलाई सही सदुपयोग गर्न दिनमा एकउटा गीत सृजन ागर्ने गरेका छन् । विशेषेश गरी चलन चल्तीका गीतहरु लेखेर चर्चामा आएका उनी यो समयमा सामाजिक भावका गीतहरु लेख्ने तयारीमा छन् । काम गर्ने खासै मन नलागेपनि अरु विकल्प नभएकोले गरिरहेको उनले बताए । 

आलोक श्री : गीतकार तथा संगीकार
गीतकार तथा संगीतकार आलोक श्रीको दैनिकी घरमा बस्ने फुलहरुमा पानी हाल्ने ,गोड्ने गरेर बितिरहेको छ । गीत कम्पोज गर्ने तयारी गरेपनि विश्वमा फैलिएको भाइरसको संत्रासले नयाँ कम्पोज नै नबनेको बताउँछन् । खासगरी यो समयमा उनी किताब पढ्ने पुराना गीत संगीतहरु सुन्ने तयारीमा छन् । साथै कोरेनो भाइरसको यो दलदलबाट संसारले छिट्टै मुक्ति पाओस् भन्ने कामना पनि छन् । 

शंकर स्माली : गायक, संगीतकार
लकडाउनको समयमा उनी घरमा परिवारको साथमा छन् । बिहानको समयमाा योग गर्ने दिउँसोको समयमा टिभी हेर्ने गर्छन । पेसाले संगीत संयोजक भएको कारण उनले संगीतलाई पूर्ण रुपमा समय दिइरहेको बताएका छन् । नयाँ –नयाँ संगीत कम्पोज गर्ने तयारीम रहेका छन् उनि ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर