• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोभिड–१९: मृतकको संख्या ३५ हजार नाघ्यो, संक्रमितको संख्या ७ लाख ३८ हजार

एजेन्सी । कोभिड–१९को संक्रमणबाट विश्वभर सोमबारसम्म ३५ हजार ५ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ७ लाख ३८ हजार ५ सय ३६ रहेको छ । 

विश्वमा सबैभन्दा मृत्यु हुने देशमा इटाली छ, जहाँ १० हजार ७७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७३ हजार ८८० रहेको छ । त्यसपछि, स्पेन छ जहाँ मृतकको संख्या ७ हजार ३४० रहेको छ भने संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ । 

त्यस्तै, तेश्रो स्थानमा चीन रहेको छ जहाँ मृततको संख्या ३ हजार ३०४ रहेको छ भने २ हजार ४६६ जना संक्रमित रहेका छन् । चौथो स्थानमा इरान छ जहाँ मृततको संख्या २ हजार ७५७ रहेको छ भने संक्रमितको संख्या २४ हजार ८२७ पुगेको छ । 

फ्रान्समा मृतकको संख्या २ हजार ६०६ पुगेको छ भने संक्रमितको संख्या ३० हजार ३६६ रहेको छ । त्यस्तै, अमेरिकामा मृत्यु हनेको संख्या २ हजार ४९० र एक लाख ३५ हजार ७४१ संक्रमित रहेका छन् । 

त्यसैपछि, बेलायतमा मृततको संख्या एक हजार २२८ पुगेको छ भने १८ हजार १५९ संक्रमित पुगेका छन् । त्यसपछि सबैभन्दा बढी मृत्यु हुने देशमा क्रमशः नेदरल्याण्ड ८६४, जर्मनी ५४५, बेल्जियम ५१३ र स्विट्जरल्याण्डमा ३३३ रहेको छ । 

यदि उपचारपछि निको भएको संख्यालाई हेर्ने भने चीनमा सबैभन्दा बढी निको हुनेको संख्या ७५ हजार ७ सय रहेको छ । त्यसपछि स्पेनमा १६ हजार ७८० जना, इरानमा १३ हजार जना, इटालीमा १३ हजार, ३० जना जर्मनीमा ९ हजार २११ र फ्रान्समा ७ हजार २०२ जना रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर