यी हुन् कोरोना भाइरसका कारण ज्यान गुमाएका सेलिब्रेटी

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारेना महामारीले मानिसमा यतिबेला सन्त्रास छाएको छ । दिनहुँ हजाराँैको संख्यामा मानिसहरुको मृत्यु भइरसको छ लाखौँ संक्रमित भएका छन् । विश्वका आधा देश लकडाउनको अवस्थामा छन् । कोभिड–१९ भनिने नाबेल कोरोना भाइरसको संक्रमणबाट विश्वका थुप्रै सरकारका उच्च अधिकारीदेखि चर्चित हस्ति संक्रमित भएका छन् भने केहीले ज्यानै पनि गुमाइसकेका छन् । 

विश्वमा करिब एकछत्र राज गरिरहेको कोरोना भाइरसका कारण विश्वमा मानवीय, अर्थतन्त्रदेखि कलाक्षेत्र पनि प्रभावित बन्न पुगेको छ । फिल्म, नाटक, गीतसंगीत लगायत क्षेत्रमा जमेका चर्चित सेलिब्रेटीहरुले ज्यानै गुमाएका छन् । त्यसोभए जान्नुहोस्, विश्वका केही यस्तै चर्चित हस्तिहरुको बारेमा, जो कोभिड–१९को शिकार बन्न पुगेः

जो डिफी, गायक, संगीतका तथा गीतकार १९५८–२०२० 


सन् १९५८ मा जन्मिएका गायक जो डिफी अमेरिकाका एक चर्चित गीतकार हुन् । ९० को दशकमा उनी एक चर्चित स्टार थिए । तर कोरोना भाइरसको सिकार भए अनि २०२० मार्च २९ गते उनको मृत्यु भयो । उनले सयौँको संख्यामा गीतहरुमा संगीत भरेका छन् । साथै धेरै गीतहरु गायका छन् ।  उनका जोन डिग्री, पिकअप म्यान लगायतका गीतहरु अझै पनि चर्चामा छन् । 

मनु दिबांगो, संगीतकार १९३३–२०२०


अफ्रिकाको क्यमारुनमा सन् १९३३ मा जन्मिएका चर्चित संगीतका मनु दिबांगोको कोरोना भाइरसको कारण निधन भयो । सामान्य ज्वरो आएको अवस्थामा अस्पताल भर्ना भएका उनको मार्च २४ मा फ्रान्समा निधन भएको  हो । उनको ८६ वर्षमा फा्रन्समा निधन भएको हो । उनले अफ्रिकी लयलाईप्रभावकारी शैलीमा विश्वसामु चिनाउँने काम गरेका थिए । 

मार्क ब्लम, अभिनेता १९५०–२०२० 


अमेरिकाका ख्याति प्राप्त अभिनेता मार्क ब्लमको जन्म सन् १९५० मा अमेरिकाको न्योर्क शहरमा भएको थियो । मार्क ,गोही ,डन्डी लगायतका फिल्मका कारण प्रख्यात थिए । उनको कोरोना भाइरसको कारण मार्च २५ निधन भएको हो । उनको ६९ वर्षमा निधन भएको हो । 

फ्लोयड कार्डोज, रेस्टोरटर शेफ १९६०–२०२० 


भारत अमेरिका सन् १९६० मा भारतमा जनिमएका फ्लोयड कार्डोज अमेरिकाका बासिन्दा थिए । उनी एक चर्चित सेफ थिए । भारत अमेरिका लगायत विश्वका धेरै देशमा रेस्टुरेन्ट चलाउँदै आएका थिए । तर उनलाई पनि कोरोनाले आफ्नो सिकार बनायो । सामान्य अवस्थामा अस्पता भर्ना भएका उनको कोरेनाको कारण २५ मार्चमा ५९ वर्षका निधन भयो ।  

टेरेन्स म्याकनाल्ली, नाटककार  १९३९–२०२० 


अमेरिकाका चर्चित नाटककार टेरेन्स सन् १९३९  वर्षमा जन्मिएका थिए । उनको पनि कोरोना भाइरसको कारण मार्च २४ मृत्यु भयो । उनी ८१ वर्षका थिए । उने विश्वलाई नाटक र संगीतबाट जीवन जीउँने तरिका सिकाएक थिए । 

केन शिमुरा, हाँस्यकलाकार १९५०–२०२० 


जापानी हाँस्यकलाकार केन शिमुराको कारेनो भाइरसको संक्रमणको कारण मृत्यु भएको छ । उनको मार्च २९ मृत्यु भएको । उनलाई कोरोनाको संक्रमणपछि निमोनिया भएको थियो । मार्च २० मा अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना पोजेटिभ देखिएको थियो । शिमुरा जापानका चर्चित कमेडियन हुन् । उनलाई ‘जापानका रोबिन विलियम्स का नामले चिनिन्थ्यो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर