• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एक हजार थान पिपिई विराटनगर आइपुग्यो

विराटनगर ।  काठमाण्डौबाट सघीय सरकारले सेनाको स्काई ट्रकमा पठाएको एक हजार थान पिपिई प्रदेश सरकारले सोमबार प्राप्त गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्राप्त सामान औपचारिकरुपमा बुझेका हुन् ।

स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाका लागि प्रयोग हुने एक हजार थान पिपिई सोमबार प्राप्त भएको र अन्य केमिकलयुक्त सामानहरु गाडीबाट आइरहेको उनीहरुले बताए । प्राप्त भएका सामान सोमबार नै यहाँका अस्पताल र प्रदेशका १४ वटै जिल्लामा पठाइने मन्त्री घिमिरेले जानकारी दिए । उनले यहाँको आवश्यकताका आधारमा थोरै भएपनि हुँदै नभएको बेलामा प्राप्त भएका पिपिईले काम अघि बढाउन महत्वपूर्ण हुने बताए ।

उनले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० थान, कोशी अस्पताल विराटनगरमा १ सय ५०, निर्माणाधीन कोरोना अस्पतालमा २ सय थान र मेची अस्पतालमा ४६ थान पिपिई उपलव्ध गराइने जानकारी दिए ।

जिल्लागत रुपमा मोरङमा ३४, सुनसरी २४, धनकुटा १४, तेह्रथुम १२, संखुवासभा २०,  भोजपुर १८, सोलु १६, उदयपुर १६, ओखलढुंगा १६, खोटाङ २०, झापा ३०, पाँचथर १६, ताप्लेजुङ १८ र इलाममा २० थान पठाइने मन्त्री घिमिरेले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर