• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोनाको कहरः ७० प्रतिशत तलव घटाएर लिन मेस्सी र स्वारेज तयार

एजेन्सी । कोरोना भईरसले अन्य क्षेत्र जस्तै विश्व फुटबल जगत पनि थिलथिलो भईरहेका बेला स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु संकटको घडिमा क्लबलाई सहयोग गर्न तयार भएको छ । बार्सिलोनाका कप्तान, अर्जेन्टाईन सुपरस्टार लियोनल मेसीले यसको प्रस्ताव गरेका हुन् ।

आज ईन्स्टाग्राममा एक सन्देश प्रवाह गर्दै मेसीले क्वीक सेटिनको नेतृत्वमा रहेको बार्सिलोना क्लबका खेलाडीहरु आफ्नो तलव मानमा ७० प्रतिसन कटाएर लिन तयार हुने बताएका हुन् । 

कोरोना भईरसका कारल स्पेनका सवै तथा च्याम्पीयन्स लिगका खेलहरु समेत अबरुद्ध भउका छन् । खेल नहुंदा क्लबलाई पर्ने आर्थिक भारमा खेलाडीहरुले क्लबसँग सहकार्य गर्ने उनले बताएका छन् । क्लबलाई आवश्यक पर्दा खेलाडीहरुले जहिले पनि सहयोग गरेको उनले बताएका छन् ।

'हामी चाहान्छौं क्लबले हाम्रो तलवमा कट्टी गरेर दिने प्रस्ताव गरोस, क्बलाई सहयोग चाहिएको बेला हामीले सधैं सहयोग गरिरहेका छौं ।'
अहिलेको अवस्थाबारे सवै खेलाडीहरु जानकार रहेको उल्लखे गर्दै मेसीले यस्तो बेला क्लवलाई साथ दिन तयार रहेको बताए ।

यस अघि पनि मेसीले क्लबले भनेमा आफुहरु कोरोना भईरसका कारण खेल नभएको अवधिको तलव कट्टा गर्न तयार हुने बताएका थिए । मेसीको विज्ञप्ती आएसँगै अर्का स्ट्राईकर लुईस स्वारेजले पनि मेसीको प्रस्तावमा समर्थन जनाएका छन् । 

आफूहरुले तलव कट्टा गर्दा क्लबलाई अन्य स्टाफलाई पाल्न सजिलो हुने मेसीको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर