• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ढोरपाटनका नगर प्रमुखले एक महिनाको ९ लाख ५० हजार घर भाडा मिनाह गरे 

बुर्तिबाङ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र धर्मपत्नी छेलाले काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङमा रहेका आफ्ना सबै घरका भाडा एक महिनाका लागि मिनाह गर्ने घोषणा गरेका छन् ।

मंगलबार आफ्नो फेसबुकवालमा घर भाडाको विवरणसहित प्रमुख नेपाली दम्पती सबै घरबाट मासिक आउने ९ लाख ५० हजार रुपैयाँ मिनाह गरेको घोषणा गरेका छन् । 

नेपाली दम्पतीले दिएको विवरण ः

‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसले गर्दा हामी संकटमा छौँ । ‘नोभेल कोरोना भाईरस ९कोभिड–१९० ले गर्दा उद्योगीरव्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ ।

त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनिहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्धेश्यले म ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपाली र मेरो धर्मपत्नी छेला नेपालीको नाममा काठमाण्डौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभडामा बस्नेहरुका लागि तपशिल अनुसार १ महिनाको घरभाडा छुट दिने घोषणा गरेको छु ।
तपशिल ः

काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा
–सानिमा बैंक – रु। ७०,०००।–
–अलकर्नेस मेनपावर– रु ६५,०००।–
–आर।वि।फ्लोरीङ्ग एण्ड फर्न्सििङ प्रा.लि.– रु ७५,०००।–
–अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)– रु ७५,०००।–
–भुषण रत्न ज्वयलर्स – रु ४५,०००।–
–सुखद प्रभात सहकारी– रु ५०,०००।–
–सविन के।सी। – रु १५,०००।–
–एस्टर फर्मा स्यूटीकल्स – रु ५०,०००।–
–विजय राई – रु २५,०००।–
–मिन बहादुर तामाङ – रु १५,०००।–

पोखरा महानगरपालिका
–प्रमोद शाह (पृथ्वीचोक।– –रु १,००,०००।–
–टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु ६०,०००।–
– दिपक पौडेल (सृजनाचोकं) – रु ६०,०००।–
– विजय बोगटी (सृजनाचोक) – रु ६०,०००।–
– शेर बहादुर गुरुङ (रत्नचोक) – रु ३०,०००।–
– हरीमायाँ फगामी (रत्नचोक)– रु १५,०००।–
– कमला खड्का (रत्नचोक) – रु १५,०००।–
– शिला घर्ति मगर (रत्नचोक) – रु ३०,०००।–
– याङ्गजेङ्ग (हेम्जा) – रु ३०,०००।–

ढोरपाटन नगरपालिका, बुर्तिबाङ
– झक बहादुर शाही – रु ५०,०००।–
– ईमेज सहकारी – रु। ३०,०००।–
यो संकटको घडीमा हामीले मानवियताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर