• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सन् २०२० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको सूचीको शीर्ष ५० भित्र मेस्सी परेनन्

एजेन्सी । सन् २०२० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको सूची सार्वजनिक गरिएको छ ।

 फुटबल अब्जरभेटरी नामक खोजकर्ताले सार्वजनिक गरेको यो वरियता क्रममा लियोनल मेस्सी भने शीर्ष ५० मा समेत अटाउन सकेनन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा लियोनल मेस्सी ५२ औं स्थानमा छन् भने क्रिस्टियानो रोनाल्डो २७ औं स्थानमा छन् ।

 यो सूचीमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसन शीर्ष स्थानमा छन् । उनको रेटिङ ९३ प्रतिशत छ । दोस्रो स्थानमा पीएसजीका प्रिस्नेल किम्पेम्बे र बायर्न म्युनिकका थियागो अल्कन्टरा छन् । पीएसजीकै एन्गल डी मारिया १० औं स्थानमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर