एनआईसी एशियाद्वारा प्रदेश १ का मजदुरलाई ५ लाख बराबरको खाद्यान्‍न प्रदान

विराटनगर । एनआईसी एशियाद्वारा प्रदेश १ का मजदुरलाई ५ लाख बराबरको खाद्यान्‍न काठमाडौं । एनआईसी एशिया बैंकले दैनिक ज्याला मजदुरी गर्नेलाई राहत स्वरुप खाद्यान्‍न सहयोग गरेको छ । 

बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायत खाद्यान्‍न सामग्री वितरण गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई सहयोग गरेको जानकारी दिएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई खाद्यान्‍न सामग्री हस्तान्तरण गरे । बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्ने का लागि समेत नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबरको खाद्यान्‍न सामग्री वितरण गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर