पीसीआर मेशिनबाट आजबाट परीक्षण शुुरु हुने

जनकपुरधाम जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी पिसिआर मेसिनबाट आजबाट परीक्षण शुरु हुने भएको छ ।

पीसीआर मेशिनको अभावका कारण कोरोना संक्रमणको जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग उपचार केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको थियो । 

बिहीबार नै जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको पीसीआर मेशिनबाट आजदेखि परीक्षण  शुरु हुने प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन् । 

उनले प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोना आशंकामा रहेका ५ जनाको परीक्षण  गरिने बताए । बरिष्ठ जनस्वास्थ्य प्रशासक झाका अनुसार परीक्षण को प्रकृया शुरु भईसकेको र चाँडै नै परिक्षण कार्य शुरु हुने छ । 

यस अघि अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा उपलब्ध गराएपछि काठमाडौंबाट आएका दुईजना प्राविधिक मिलेर सो मेशिन जडान गरेका थिए । प्राविधिकहरु सर्वेन्द्र मधुप र विपिन तिमिल्सिनाले पीसीआर मेसिन जडान गरेका थिए । 

संघीय सरकारले चीनबाट ल्याइएको ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १÷१ वटा वितरण गरिएको हो । कोरोना परीक्षणका लागि आवश्यक सो मेसिन प्रदेश २ को जनकपुरधाम, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा उपलब्ध गराइएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममै पिसीआर मेशिन भएपछि प्रत्येक दिन बढीमा १० वटा जाँच गरि ३ घण्टामै रिपोर्ट आई सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर