• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सेनालाई स्वास्थ्य समाग्री किन्न लगाउनु दुई तिहाई सरकारको अक्षम्य गल्ति : पम्फा भुसाल

काठमाडौं । सत्तारुढ नेकपाकी नेता पम्फा भुसालले स्वास्थ्य समाग्री र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिने सरकारको निर्णय अक्षम्य गल्ति भएको बताएकी छन् । 

खरिदका लागि सेनालाई जिम्मेवारी दिएर नागरिक सरकार र गैरसैनिक प्रशासन कमजोर बन्ने भुसालले बताइन । 

‘जीटुजीका आधारमा स्वास्थ्य समाग्री लिने तर, सेनालाई जिम्मवारी दिने निर्णय कदापी स्वीकार्य हुँदैन । यसले ७० वर्षसम्म संघर्ष गरेर स्थापित गरेको नागरिक अधिकार र लोकतन्त्रमाथिको सिधै हमला हो‘,’ भुसालले समाचार दैनिकसँग भनिन् । 

आफ्नै पार्टी नेतृत्वको सरकारले गरेको यो निर्णय अदुरदर्शीता भएको उनले टिप्पणी गरिन् । ‘गम्भिर भएर निर्णय फिर्ता लिइएन भने यसको परिणाम गलत निस्कन्छ । यो कसैलाई स्वीकार्य हुने निर्णय होइन‘, उनले भनिन्– ‘यसको अर्थ सेनाको विरोध गरेको होइन । सरकारले दिएको जिम्मेवारीलाई सेनाले पालना गर्ने हो । अहिले पनि त्यहीँ हो । तर, सरकारको निर्णयप्रति हाम्रो हामीलाई स्वीकार्य हुँदैन ।‘

नागरिक सरकारलाई जनता समक्ष गल्ति भए छाती खोलेर कमजोरी स्वीकार्न सुझाव दिंदै भुसालले भनिन– ‘अघिल्लो टेण्डरमा जे भयो त्यसमा गल्ति कमजोरी भएको भए जनतासँग छाती खोलेर माफी मागे हुन्छ । नेपाली जनता सहज छन्, क्षमा दिन्छन । तर, त्यसको विकल्प नागरिक सरकारलाई बाइपास गरेर सेनालाई जिम्मा दिने निर्णय अक्षम्य हो । यसलाई कुनै हालतमा स्वीकार्न सकिंदैन ।‘

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक समाग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जीटूजी) माध्यमबाट खरिद गर्ने’ प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्य समाग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको भनिए पनि कतिपय मन्त्रीहरुले सरकारकै निर्णयप्रति आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर