अमिताभ बच्चनको खबरदारी : ‘कोरोना’ लाई उल्टो हुन नदिनुस्

मुम्बई  । लकडाउनको समयमा बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सन्देशमुलक सामाग्री सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । 

उनले ट्वीट मार्फत घरबाट बाहिर ननिस्कन आग्रह गर्दै बच्चनले कोरोनालाई उल्टो हुन नदिन पनि अपिल गरेका छन् । 

ट्वीटमा उनले लेखेका छन् , ’खबरदार! घरमै रहनुस्, बाहिर ननिस्कनुस् । यो संकटको समयमा ‘कोरोना’लाई उल्टो हुन नदिनुस्। तपाईहरु मेरो कुरा बुझिरहनुभएको छैन। ’कोरोना’को उल्टो पढ्नुस् त,’नारोको’ हुनेछ अर्थात नरोक !’

यसअघि अमिताभले ट्वीटरमा घरमा आएको पाहुनालाई मानिसहरुले स्यानिटाइजर छर्केर, नुहाइधुवाई गरेर स्वागत गरिरहेको भिडियो पनि राखेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर