• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमितको संख्या १० लाख ९८ हजार नाघेको छ ।

अमेरिका, स्पेन, इटालीलगायतका देशमा तिब्र रुपमा संक्रमण फैलिएको छ । सबैभन्दा बढी मृत्यु हुने देशहरमा इटाली र स्पेनपछि अमेरिका देखिएको छ ।नेपाली समय अनुसार शनिबार बिहानसम्म इटालीमा मृतकको संख्या इटालीमा १४ हजार नाघेको छ भने स्पेनमा ११ हजार, अमेरिकामा ७ हजार र फ्रान्समा ६ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा एकहजार ३०० को मृत्यु भएको हो ।चीन, इरान र बेलायतमा कोभिड १९ बाट ज्यान जानेको संख्या ३ हजार नाघेको सञ्चारमाध्यमहरुले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर