• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

जब त्यो दिन मैले मेरो योनी नै छैन भन्ने थाहा पाए...

सांकेतिक तस्विर

एजेन्सी । डाक्टरले त उनलाई महिनावारीसँग जोडिएको एक सामान्य प्रश्न मात्रै सोधेको थियो । 

डाक्टरको त्यही प्रश्नबाट केन्याकी ‘जुलियन पिटर’लाई थाहा भयो कि उनी त बिना गर्भाशय (बम्ब), गर्भाशय ग्रीभा(सर्भिक्स) र भेजिना (योनी) नै जन्मिएकी रहिछिन् ।

उनी अहिले २९ वर्षकी भइन् । केही वर्षअघि मात्रै आफूसँग योनी नै नभएको थाहा पाएकी केन्याकी जुलियन पिटरले बिबीसीसँग साटेको उनको अनुभव उनकै भाषामा प्रस्तुत छः

जुलियन पिटर

मेरो जन्म ‘एमआरकेएच’ नामक एक शारीरिक अवस्थासँगै भएको थियो, यो एक यस्तो अवस्था हो, जसमा महिलाको शरीरमा गर्भाशय र योनी नै हुँदैन । यति मात्रै होइन, यस अवस्थामा शरीरमा खाली एउटा मृगौला हुन्छ । एक महिला जसलाई एमआरकेएच छ भने उसलाई कहिल्यै महिनावारी हुँदैन । 

मेरो शरीरमा गर्भाशय नै छैन भने मलाई कहिल्यै महिनावारी नै हुनसक्दैन । तर तपाईलाई यो सामान्य लाग्दैन भने म भन्न चाहान्छु कि यो निक्कै सामान्य कुरा हो र म यस बारेमा कति पनि खराब महशुस गर्दिन । तर अरुलाई मेरो अवस्थाबारे फरक–फरक महशुस गर्छन् । 

केही मानिसले मलाई मेरो यस अवस्थाका लागि कतै गएर प्रार्थना गर्नुपर्ने बताए ।  कसैले मलाई भन्यो कि म एक रुढीवादी शैलीको जादूटुनासँग जोडिएको समुदायबाट आएको हुनाले मेरो यस शारीरिक अवस्थाको सम्बन्ध मेरो हजुरआमासँग नै केही जोडिएको हुनसक्छ । 

जसलाई जे लाग्छ, उसले निर्धक्क भन्न सक्छ । तर म कुरालाई कसरी लिन्छु भन्ने कुरा नै मलाई महत्वपूर्ण लाग्छ । यदि मैले यस्ता मानिसको कुरा सुन्न थाले भने यी सबै कुराको असर ममाथि र्न पर्छ । 

एक लामो समयपछि, सायद म त्यस समय १७ वर्षकी हुँदी हुँ र म स्कूलमा थिए । त्यहिबेला मलाई थाहा भयो कि मसँग एक विशेष अवस्था छ । त्यस समय मेरो खुट्टामा केही समस्या थियो, त्यसैले म अस्पताल गए । मेरो खुट्टा सुन्निभएको थियो । डाक्टर मेरो छेउ नपर्दै सोधिहाले कि मेरो पछिल्लो महिनावारी कहिले भएको थियो ?

मैले उहाँलाई मलाई कहिल्यै महिनावारी नभएको बताए । डाक्टरले स्क्यान गर्यो ।  स्क्यानको पहिलो तस्विरमा मेरो प्रजनन् अंग पूर्ण रुपले बन्द अवस्थामा रहेको देखियो । यसलाई खोल्नका लागि मैले शल्यक्रिया गर्नुपर्ने थियो । शल्यक्रिया पनि भयो तर सफल हुन सकेन । 

त्यसपछि मेरो एक अर्को स्क्यान गरियो, जसमा मेरो शरीरमा गर्भाशय र योनी नै नभएको स्पष्ट देखियो । त्यही समय मलाई ‘एमआरकेएच कन्डिसन’ रहेको थाहा भयो । जब मलाई यसबारे थाहा भयो पहिलो दिन निकै राए, तर दोश्रो, तेश्रो दिन हुँदै बिर्सर्द गए । 

म त्यस समय जम्मा १७ वर्षकी थिए । यो निक्कै कच्चा उमेर हो । त्यस समय म खाली स्कूल फर्कन थाहान्थे । म अस्पतालमा थिए र मेरी आमा मसँग हुनुहुन्थ्यो । जब आमालाई थाहा भयो, उहाँ अचम्ममा पर्नुभयो । उहाँ एकल आमा हुनुहुन्थ्यो र  यस्तो हुनुमा आफ्नो गल्ती हुनसक्ने भन्दै घोरिन थाल्नुभयो । 

मैले ‘बाइलोजी’ पढिरहेकी थिए, त्यसैले डाक्टरले भनेको सबै कुरा म बुझिरहेकी थिए । मैले शल्यक्रिया गर्न नचाहेको र आफ्नो स्कूलको पढाई पुरा गर्न चाहेको कुरा डाक्टरलाई बताए । यसको १० वर्षपछि म अस्पताल पुगे । जब मैले शल्यक्रिया गरे, त्यो सफल भयो । 

मलाई जुन प्रकारको एमआरकेएच कन्डिसन थियो, त्यसको सिधा अर्थ थियो मेरो शरीरमा योनी नै छैन, गर्भाशय छैन र मेरो शरीरमा मृगौला पनि एउटा मात्रै छ । मेरो शरीरमा योनी नली पनि थिएन र यसलाई बनाउँनुपर्ने आवश्यकता थियो । मेरो जिन्दगी सामान्य नै थियो, किनकि एमआरकेएचका कारण नै मेरो जिन्दगीमा कुनै असर नै परिरहेको थिएन । 

तर, धेरैजसोलाई यो भावनात्मक रुपले विक्षिप्त बनाउने कुरा हुनसक्छ र धेरैजसोलाई यस स्थितिलाई स्विकार गर्नका लागि मनोवैज्ञानिकको पनि आवश्यकता पर्नसक्छ । जब तपाईलाई तपाईंको यस प्रकारको शारीरिक अवस्थाको सामना गर्नुपर्छ भने तपाईले आफू आमा बन्न सक्छु भन्ने कुरा बिर्सिनु पर्छ । 

जुलियन पिटर

मेरो अन्य चार स्क्यान गरियो र मेरो शरीरमा अण्डाशय पनि नभएको थाहा भयो । यस्तो अवस्थामा आईभिएफका लागि पनि अण्डा लिन सकिँदैन । तपाई जस्तो हुनुहुन्छ त्यसरी नै स्विकार गर्नुपर्ने हुन्छ । तर जब तपाईलाई आफू अन्य सामान्य महिला जस्तै हुनुहुन्न भन्ने महशुस हुन्छ, यो केही दुखद हुन्छ । 

त्यस समय तपाईलाई कोहीसँग कुरा गर्न आवश्यक ठान्न सक्नु्हुन्छ । केन्यामा मैले यस्ता थुप्रै मानिससँग भेटे, जसँग यही समस्या छ । हामीले एक–अर्काको अनुभव साटासाट गर्यो । मैले सुरुवातमै आप्नो स्थितिको स्विकार गरेकी थिए र आफूलाई पनि, त्यसैले अहिले म बिल्कुल ठिक छु । 

म थुप्रै व्यक्तिसँग सम्बन्धमा बसिसकेक छु । तर म यस सम्बन्धमा अगाडी बढ्नअघि म आफ्नो स्थितिको बारेमा स्पष्ट भन्न चाहान्थे । यदि उनीहरु यसलाई स्विकार गर्छन् भने...? तर तपाईलाई थाहा छ नि, मान्छे मान्छे नै हो । मैले यस्ता धेरै मान्छे भेटे जो यसबारे थाहा हुन बित्तिकै गए । 

धेरैजसोले मलाई झुट बोलिरहेको बताए र थुप्रैले आफूबाट छुटाउनका लागि यस्तो भनेको बताए । हाल म कसैसँग पनि सम्बन्धमा छैन, तर मलाई लाग्छ जे जति भइरहेका छन् त्यो भगवानले गरिरहेका छन् । 

अब कुरा रह्यो यौनको । सन् २०१८ मा मैले योनीको नली बनाउन शल्यक्रिया गराए । शल्यक्रियाको एक वर्षभन्दा बढी भइसकेको छ, तर म अहिले यौन सम्बन्धका लागि तयार भइसकेको छैन । न त म विवाह गर्न नै तयार छु । यदि मलाई सन्तानको इच्छा भयो भने म बच्चा एडप्ट गर्न सक्छु । 

आफ्नो कहानी सबैको अगाडी सुनाउनका लागि मैले निक्कै हिम्मत जुटाउनु पर्यो र मलाई १० वर्ष लाग्यो । धेरै जसोलाई एमआरकेएच अवस्थाबारे थाहा छैन र म यसबारे मान्छेहरुलाई जागरुक बनाउन चाहान्छु । 

सबैभन्दा पहिलो, म यस्ता अवस्थासँग जुधिरहेका बच्चाका आमा–बुबालाई बच्चा जबसम्म ठूलो हुँदैन तबसम्म शल्यक्रिया नगर्न सल्लाह दिन्छु । शल्यक्रियाका लागि अविभावकले निक्कै अध्ययन गर्न आवश्यक छ ।

मलाई मद्दत गर्ने मान्छे थुप्रै छन्, तर कोही यस्ता पनि हुन्छन् जो यस अवस्थाबाट समस्याग्रस्त बनिरहेका हुन्छन् । थुप्रै विवाहित महिला छन् जो उनका सासू–ससूरा बच्चाको माग गरिरहेका हुन्छन् । 

यस्तो अवस्थामा एक अति कठिन यात्रा बन्न पुग्छ । यस्तोमा सबैभन्दा आवश्यक कुरा भनेको हामी एक–अर्काको सहयोग गर्नु नै हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर