कोरोनाको कहरसँगै बाटो खन्ने रहर : एक वर्षभित्र हुकाम–मकौटमा मोटर 

रुकुम (पूर्व) । पूर्वी रुकुमको आधा भू–भाग ओगटेको पुथा उत्तरगंगा गाउँपालिकाका वासिन्दा दुई हिडेर बजार गर्न झर्छन । राज्य पुनर्संचनासँगै ७७औं जिल्लामा पर्ने पूर्वी रुकुमको यो गाउँपालिकाका ७ वडामा अझै यातायतले छोएको छैन । 

१४ वडामध्ये मध्ये ७ वटामा मौसमी ९वर्षा लागेपछि गाडी नचल्ने० सडक संजालले आंशिक रुपमा छोएको छ । १३ नम्बरस्थित नयाँ बजारदेखि स्थानीयवासी दुई दिनको बाटो हिँडेर आफ्नो घर पुग्छन । सडक सञ्जालले नछोएका ७ वटा वडाका लागि अहिले बाटो खन्न शुरु गरिएको छ ।

सहिदमार्गको नामाकरण गरी १३ नम्बर वडा ओखमा पारीको भित्तादेखि माथिल्लो साइड खन्न शुरु गरियो । तर, जुन ढंगले अघि बढ्नु पर्ने काम बिचमै रोकियो । अहिले सडक खन्ने काम पुनः सुचारु भएको छ ।

अलपत्र रहेको शहीदमार्गको सडक पुनस्ः सुचारु गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य संगम रोका मगरले बताए । ‘सडक खन्ने काम पुरा नगरी अहिलेसम्म अलपत्र राख्दा स्थानीयवासी सकसपूर्ण पैदल यात्रा गर्न बाध्य छन् । सम्बन्धित सबै सरोकार पक्ष र निकायहरूबाट ठोस् पहलपछि गाउँपालिकाभित्र अबरुद्ध शहीदमार्गको काम सुचारु गरिएको छ’, रोकाले भने ।

आर्थिक वर्ष २०७३, ७४ मा गरेको पप्पु–कोशी ७ न्यौपाने जेभी निर्माण कम्पनीले टेन्डर होल्ड गरेको थियो । टेन्डर होल्ड गरेको निर्माण कम्पनी आन्तरिक समस्यामा परेपछि शहीदमार्गको योजना अलपत्र परेको थियो । पप्पु–कोशी ७ न्यौपाने कम्पनीले आफ्नो स्वामित्व बेचविखन गरेपछि खरिद गरेको नयाँ निर्माण कम्पनीले अहिले काम शुरु गरेको हो । 

अघिल्लो कम्पनी खरिद गरेको ‘सप्तकोशी जलाधार निर्माण कम्पनी प्रा।लि।ले’ अहिले काम शुरुवात गरेको छ । शहीदमार्ग अन्तर्गत भूमे गाउँपालिकाको काँक्रीदेखि बिर्गुम गाउँसम्मको स्तर उन्नतिसँगै ओखमा घट्टेखोलादेखि हुकामसम्मको काम शुरु भएको छ ।

सप्तकोशी कम्नीबाट स्थानीय ‘मगरखाम कन्सट्रक्सन प्रा. लि.’ले करिब १२ किलोमिटरको सहायक कन्ट्याक्ट्का रूपमा सम्झौता गरी सकडक खन्न शुरु गरिएको छ । सडक निर्माणका लागि अहिले स्थानीय युवाहरूले साइडको जिम्मा लिई काम अघि बढाएका छन् ।’

चार वर्षसम्म बाटो खन्ने काम अलपत्र परेपछि मैकोट, पेल्मा, रन्मा, अर्जल, हुकाम, मयाङ र खाराबाङ्ग गरेर क्रमशः १, २, ३, ४, ५, ६, ९ र १३ वडाका वासिन्दा पैदल हिडेर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । ‘अब वर्षौंदेखि सास्ती भोग्दै आएका यस क्षेत्रका जनताले छिट्टै मोटर चढेर आफ्नो घरसम्म पुग्ने छन्’, युवा नेता रोकाले भने । ती वडाका जनताले खच्चडबाट ढुवानी गरी सामान बस्तिमा पुर्याउँछन । जसको मूल्य दोब्बर पर्न जान्छ । खाद्य समाग्रीको महँगी भन्दा दुख विमार हुँदा स्थानीयबासीले थप सास्ती बेहोर्दै आएका छन् ।

कोरोनाको सन्त्रास जताततै व्याप्त रहेकोबेला यहाँ बाटो खन्ने काम जारी छ ।

मुलुक लकडाउन रहेकोबेला संक्रमणको सुरक्षाका हिसाबले काम जारी राख्न मिल्छ भन्ने जिज्ञासामा रोकाले भने– ‘यस संकटपूर्ण घडीमा हामी सबैजना सचेततापूर्वक सरकारले गरेका हरेक निर्णयको निशर्त पालना गरेका छौं । गर्नै पर्छ । यो साइड गाउँवस्ती भन्दा टाढा रहेको हुँदा हामीले सामाजिक दूरी टाढा राखेरै काम गरेका छौं । मानिसहरूको धेरै भिड्भाड हुने लेबरिङ्गका कामहरू नगरेर कटिङ्गको काम मात्र गरिराखेका छौं । सानो समूहमा योजनाका कामहरु गर्न दिने भनेर सरकारले पनि भनिसकेको छ । यहाँ सीमित अप्रेटर र हेल्पर मात्र छन् । यो काम एकान्तमा गरिने भएको हुँदा, यो आफैमा सेल्फ क्वारेन्टाइन हो । यसमा तीनवटा डोजर लाग्नेछन् । सबको आ–आफ्नै काम हुन्छ । बाहिरबाट आउने मान्छेसँग टाढै हुन्छौं ।’ 

चट्टानी पहराको भीर छिचोलेर बनाउन लागिएको छ । १२ मध्ये करीब ४–५ किलोमीटर पूरै भिरालो चट्टानी इलाका भएकोले सामान्य अप्रेटरले त्यहाँ मेशिन चलाउन नसक्ने रोकाले बताए । अनुभवी अप्रेटरबाट मात्रै काम भएकाले मजदुरहरुको भिडभाड् कम हुने उनले बताए ।

यसअघि अप्ठ्यारोकै कारण मेशिनमा ठूलो क्षति पुगेर अप्रेटर मुस्किलले बाँचेको अनुभव रोकाले सुनाए । एक वर्षभित्र हुकाममा गाडी पुर्याउने लक्ष्यसहित काम अघि बढाएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर