• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना भईरसबारे बालबच्चालाई कसरी बुझाउने, यस्ता छन् टिप्स

एजेन्सी । कोरोना भईरसका कारण यतिबेला विश्व आक्रान्त । विश्वका अधिकाँश देश ठप्प हुंदा सामाजिक, आर्थिक जनजिनव प्रभावित भएको छ । यस्तो प्रभावबाट विश्व भरीकै बालबालिका समेत प्रभावित भएका छन् । कोरोना भईरस यसका कारण अहिलेको अवस्था आएको भनिएपनि बालबालिकालाई राम्रोसँग नबुझाउदा उनिहरुमा जिज्ञासा धेरै भएको हुन सक्छ ।

बालबच्चले घरमा बसिरहंदा झ्याउ लाग्यो, बाहिर घुम्न जाँउ, स्कुल कहिले लाग्छ ? जस्ता जिज्ञासा बारम्बार गर्ने गर्दछन् । यस्तो बेला बालबालिकालाई कोरोना भाईरसको संक्रमणबारे कसरी बुझाउने त ? हेर्नुस केही टिप्सः

पुनम कृष्णन् बेलायतकी फेमिलि डाक्टर हुन् । उनि ५ वर्षीय छोरीको आमा समेत हुन् बिबिसी रेडियोसँगको कुराकानीका क्रममा डा. पुनमले कोरोना भईरसबाले बालबच्चालाई कसरी संझाउने भन्ने बारे बताउकी छन् ।

कोरोना के हो र यसको संक्रमण बारे खुलेर बालबालिकासँग कुरा गर्नुपर्ने उनको धारणा छ । आफूले पनि आफ्नो छोरीसँग कोरोनाका सवै पक्षबारे खुलेर कुरा गर्ने गरेको र उपचारमा आफूकोमा आउनेहरुलाई समेत यसबारे भन्ने गरेको उनले बताईन् । 

बालबालिकाका डाक्टर रिचर्ड उल्फसनले कोरोना लगायतका ठूला संक्रमणका विषयमा कसरी कुरा गर्ने भन्ने कुरा उनिहरुको उमेर कति छ भन्नेमा निर्भर हुने बताए । उनले थपे, ६ वर्ष वा सो भन्दा मुनिका बालबालिकाहरुलाई यस्तो ठुलो समस्याका गंभिर कुरा सुनाउदा डराउने हुन सक्दछन् ।

त्यसैले तपाईले उनिहरुलाई सवैभन्दा पहिला यो आश्वासन दिनुपर्दछ कि यो समस्या ठिक हुनेछ, यसलाई तपाईले केही गर्न नसक्ने भएपनि बच्चाहरुलाई म यसलाई ठिक गरिहाल्छु भनेर आश्वासन दिनुपर्दछ । अनि मात्र कोरोना जस्तो गंभिर विषयले पार्ने प्रभावबारे बालबच्चालाई बताउनु पर्दछ । 

डा उल्फसन भन्छन्, बच्चालाई भरोसा दिएर मात्र पनि हुदैन । उनिहरुलाई मनोबैज्ञानिक रुपमा बलियो पनि बनाउनु पर्दछ । बालबालिकालाई बलियो बनाउने भनेको यो हो कि तपाईले उठाउने यो कदमले चै कोरोना वा यस्तै प्रकारका समस्या समाधान हुन्छ भन्ने बुझाउनु पर्दछ । तपाईले बल्लाहरुलाई दिने आवश्वासनमा परिश्थिति मेरो हाताम छ र चाहेका बेला जे पनि गर्न सक्छु भन्ने हुनुपर्दछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर