• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाको महामारी : नव–उदारवादी मनोदशा र मार्क्सवादी दृष्टिकोण

चक्रव्यूहः
गत २६ जनवारी, २०२० मा मैले पहिलो पटक कारोना भाइरसको बारेमा पढेँ । जुन चीनमा फैलिंदै थियो । मैले तत्कालै पुँजी सञ्चयको विश्वव्यापी गतिशिलताका बारेमा सोचेँ । आर्थिक मोडलको आफ्नो अध्ययनबाट मैले के बुझेको थिए, भने पुँजी प्रवाहको निरन्तरतामा रोकावट र व्यवधानको परिणामस्वरुप अवमूल्यन हुनेछ । यदि अवमूल्यन व्यापक र गहिरिँदै जान्छ भने यसले संकट सरुवातको संकेत दिन्छ । 

चीन विश्वको दोश्रो ठूलो अर्थव्यवस्था भएको देश हो भनेर मलाई राम्रोसँग थाहा थियो  । चीनले सन् २००७÷८ को परिणामस्वरुप विश्वव्यापी पुँजीवादलाई प्रभावकारी ढंगले उमालेको थियो । त्यसैले चीनको अर्थव्यवस्थामा कुनै पनि प्रकारको प्रभाव विश्वव्यापी अर्थव्यवस्थाका लागि गम्भिर परिणामसँग बाँधिएको थियो । 

पुँजी सञ्चयको वर्तमान मोडल मलाई लाग्छ, पहिलाबाटै समस्याग्रस्थ स्थितिमा थियो । विरोध प्रदर्शन लगभग हरेक ठाउँमा भइरहेको थियो (सेन्टियागोदेखि बैरुतसम्म) । जसमध्ये धेरैजसो जनसंख्याको ठूलो जमातका लागि आर्थिक मोडलले राम्ररी काम गरिरहेको छैन भन्ने तथ्यमा केन्द्रित थिए । यो नवपोषण मोडल काल्पनिक पुँजीमाथि छिटो गतिले फर्किरहेको, धनको आपूर्ति र ऋण निर्माणमा एक विशाल विस्तार हो । 

यसले अगाडीदेखि नै मूल्यहरुको महशुस गर्नका लागि अपर्याप्त प्रभावकारी मागको समस्याको सामाना गरिरहेको छ । जो पुँजी उत्पादन गर्नमा सक्षम छ । त्यसोभए आफ्नो शिथिल वैधता र नाजुक स्वास्थ्यका बाबजुद प्रमुख आर्थिक मोडलले एक महामारीको अकाट्य प्रभावहरुलाई कसरी अवशेषित र जीवित राख्न सक्छ ? यसको उत्तर संकट कति लामो समयसम्म रहन्छ भन्ने कुरामा निर्भर हुन्छ । जस्तो कि माक्र्सले भनेका थिए– ‘अवमूल्यन वस्तुहरुको बिक्री नहुने नभएर समयमै वस्तुहरुको बिक्री हुन नसकेका कारण हुन्छ ।’

मैले लामो समयदेखि ‘प्रकृति’ दैनिक जीविका, अर्थ र संस्कृतिभन्दा अलग वा बाहिर भन्ने विचारलाई अस्विकार गर्दै आएको छु । मैले प्रकृतिप्रति परिवर्तनशील सम्बन्धका बारेमा द्वन्द्वात्मक र सम्बन्धपरक दृष्टिकोण लिने गरेको छु । पुँजीले आफ्नो पुनउत्पादनको पर्यावरणीय स्थितिहरुलाई परिमार्जित गर्छ । तर यसको अनपेक्षित परिणामहरुको सन्दर्भमा गर्छ (जस्तै जलवायु परिवर्तन) । स्वायत्त र स्वतन्त्र विकासवादी शक्तिहरुको पृष्ठभूमिको विरुद्ध हुन्छ । जसले पर्यावरणीय परिस्थितिहरुलाई सधंैका लागि परिवर्तन गर्छ । यस दृष्टिकोणबाट वास्तविक प्राकृति प्रकोप जस्तो अर्को कुनै चीज छैन । सुनिश्चित हुनका लागि हरेक समय भाइरसहरुले रुप परिविर्तन गरिरहेका हुन्छन् । तर, उक्त एक रुपान्तरण कुनै परिस्थितिमा मानव जीवनका लागि खतरनाक बन्नुमा मानवकै क्रियाहरुमा भर पर्छ । 

यसका दुई प्रासांगिक पक्ष छन् । सबैभन्दा पहिलो, अनुकुल पर्यावरणीय स्थितिले जोड्दार परिवर्तनको सम्भावनालाई बढाउँछ । उदाहरणका लागि, अनुशासनहिन खाद्य आपूर्ति प्रणालीहरुले यसमा योगदान पुर्याउन सक्छन् । 

जब म दैनिक आइरहेका समाचारहरुलाई बुझ्ने, ब्याख्या र विश्लेषण गर्ने प्रयास गरिरहेको हुन्छु । यो प्रयास गरिरहँदा पुँजीवादले कसरी काम गर्छ ? भन्ने दुई विशिष्ट तर, प्रतिच्छेदन मोडलका पृष्ठभूमिविरुद्ध के भइरहेको छ, भनि पत्ता लगाउने प्रयास गरिरहेको हुन्छु । 

यस्ता प्रणालीहरु दक्षिण चीनको याङत्से र दक्षिणपूर्वी एसियालगायत थुप्रै ठाउँमा छन् । दोश्रो छ, एक स्थिति जसमा पाहुना सत्कारको माध्यमबाट छिटोभन्दा छिटो सर्ने हुन्छ । उच्च जनघनत्व रहेको स्थितिमा सजिलै सर्ने देखिन्छ । सबैलाई थाहै छ, उदहरणका लागि दादुरा महामारी, बढी जनसंख्या रहेको सहरमा फैलिन्छ तर त्यति नै छिटो कम जनसंख्या रहेको क्षेत्रमा मत्यु धेरै हुन्छ । 

मान्छेहरु एक अर्कासँग कसरी वार्तालाप गर्छन्, घुम्छन्, अनुशासनमा आफूलाई राख्छन् वा हात धुन विर्सिन्छन् भन्ने कुराले कसरी रोग फैलिने भन्ने निर्भर रहन्छ । पछिल्लो केही समयमा, सार्स, बर्ड फ्लु, स्वाइन फ्लू चीन र दक्षिणपूर्वी एसियाबाट देखिएका थिए । चीनले गत वर्ष पनि स्वाइन ज्वरोबाट भारी नोक्सान बेहोर्नु पर्यो, जसका कारण ठूलो संख्यामा सुंगुरको बध र सुंगुरको मासुको मूल्यमा हेरफेर भयो । 
यी सबैको कारण चीन हो म भन्दिन । यस्ता थुप्रै ठाउँ छन्, जहाँ भाइरस म्युटेसन(सक्रिय) र प्रसारका लागि पर्यावरणीय जोखिम बढी छ । सन् १९१८ को स्पेनिस फ्लू कन्सासाबाट बाहिरिएको हुनसक्छ, अफ्रिकाबाट एचआईभी–एड्स, वेस्ट निल र इबोलाको सुरुवात भयो । जबकि ल्याटिन अमेरिकाबाट डेँगी फैलिन थाल्यो । तर भाइरस फैलिनुको आर्थिक र जनसांख्यिक प्रभाव विषम आर्थिक मोडलमा फाटो र कमजारीमा निर्भर गर्छ । 

कोभिड–१९ सुरुमा चीनको वुहानमा पाइयो भन्ने तथ्यबाट म अचम्भित भइन् । यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न यो छ कि संक्रमण र फैलावट हुनसक्छ ? यो कहिलेसम्म चलिरहनेछ ? ‘जबसम्म यसको खोप पत्ता लाग्दैन’। 

बढ्दो ग्लोबलाइजेसन्को एक नकारात्मक पक्ष भनेको यो नयाँ रोगको अन्तराष्ट्रिय संक्रमणलाई रोक्न कति असम्भव छ भन्ने कुरा यसअघिका अनुभवबाट थाहा भइसकेको छ । हामी सबैसँग जोडिएको विश्वमा बस्छौँ । सम्भवतः जहाँ जो कोही जहिले पनि यात्रा गर्न सक्छन् । सम्भावित संक्रमणका लागि मानव सञ्जाल विशाल र खुल्ला छ । आर्थिक र जनसांख्यिक खतरा भनेको एक वर्ष वा त्यो भन्दा बढी रहनेछ । 

जतिबेला, भाइरसको खबर आउन सुरु भएको थियो, विश्व शेयर बजारमा तत्काल गिरावट आयो । तर, आश्चर्यजनक रुपले एक महिना वा त्यसपछि भने शेयर बजारमा नयाँ उचाई आयो । चीनमा बाहेक अन्य सबै ठाउँमा व्यावसाय सामान्य रहेको संकेत गर्यो । 

त्यससमय हामी सार्स महामारीसँग पुर्नमिलनको अनुभव गरिरहेको विश्वास थियो । यसको उच्च मृत्युदर र वित्तीय बजारमा एक अनावश्यक आतंक उत्पन्न गरेका बाबजुद पनि विश्वमा कम प्रभाव पारेको र चाँडै नियन्त्रणमा आएको थियो । 

यो केही जटिल बन्छ, किनकि यसको माध्यमबाट, उदाहरणका लागि, भू–राजनीतिक प्रतिद्वन्द्वताको लेन्स, असमान भौगोलिक विकास, वित्तीय संस्थानहरु, राज्यको नीतिहरु, प्रविधिको पुनःसंयोजन, श्रम विभाजन र सामाजिक सम्बन्धहरुको बदलिंदो जालहरुबाट यसलाई विस्तृत बनाइन्छ । 

जब कोभिड–१९ देखा पर्यो, यसलाई सार्स फर्किएको रुपमा लिइने एक प्रमुख प्रतिक्रिया थियो । जसबाट सन्त्रासको निवारण होस् । तथ्य यो हो कि महामारीको क्रोध चीनमा व्याप्त छ । जसको विस्तार बाँकी विश्वमा हुन थाल्यो । 

वुहानबाट जाने विश्वव्यापी उत्पादनको श्रृंखलाहरुमा रोकावट आउन थाल्यो । केही उत्पादन लाइन तथा किर्पोरेटहरुले (जस्तै एप्पल)ले समस्याको वेवास्ता गर्यो । अवमूल्यन स्थानीय र विशेष थियोे, प्रणालीगत थिएन । घट्दो उपभोक्ता मागको संकेतलाई पनि घटाइयो । चिनियाँ घरेलु बजारभित्र ठूलो सञ्जालमा फैलिएका म्याकडोनाल्ड र स्टारबक्स जस्ता कम्पनीले पनि केही समयका लागि आफ्नो ढोका बन्द गर्नुपर्यो । 

भाइरसको संक्रमण सुरु हुनु र चिनियाँ नयाँ वर्ष जुध्नुले पनि जनवरीको असरलाई छोपेको थियो । चीन बाहिर भाइरसको संक्रमण भेटिएको खबरहरु कहिलेकाही सुनियो । दक्षिण कोरियामा गम्भिर अवस्था र इरानलगायत केही देशमा पुगेको फाट्टफुट्ट खबर आयो । संक्रमणले इटालीमा लिएको भयनाक रुपले आक्रमक प्रतिक्रिया उत्पन्न गर्यो । जसको तरंगले फेब्रुअरीको मध्यबाट विश्व शेयर बजारमा गिरावट आउन थाल्यो । तर, मध्य मार्चसम्म विश्वभरको शेयर बजारमा करिब ३० प्रतिशत नेट अवमूल्यन भएको थियो । 

बढ्दो संक्रमणसँगै प्राय बेतुकका र कहिलेकाही खतरनाक प्रतिक्रियाहरुको एक सृंखला नै ल्याएको थियो । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले संक्रमित र मृतकको बढ्दो ज्वारको अगाडी राज क्यानटको नक्कल गरे । केही प्रतिक्रियाहरु अनौठा खालका थिए । भाइरसको अगाडी फेडरल रिजर्भ बैंकको कम ब्याजदर हुनु हास्यास्पद देखियो । यो कदमको अर्थ भाइरसको संक्रमणलाई रोक्न नभएर बजारको प्रभावलाई कम गर्नु थियो । 

सार्वजनिक अधिकारीहरु तथा स्वास्थ्य प्रणालीका अधिकारीहरु जहाँ पनि कम संख्यामा देखिए । उत्तर र दक्षिण अमेरिका र युरोपमा नव–उदारवादको ४० वर्षले जनतालाई पूर्ण रुपले उजागर गरेको थियो । सार्स र इबोला जस्ता अघिल्ला भयानक भाइरसले यस्तो अवस्थामा के गर्नु पथ्र्यो भन्ने प्रचुर मात्रामा चेतावनी दिनका साथसाथै बहादुर शिक्षा दिएका बाबजुद पनि सार्वजनिक स्वास्थ्य संकटको सामनाका लागि तयार हुन सकेन । 

कोर्पोरेटवादी बिग फार्मालाई सरुवा रोगहरुमाथि गैर–पारिश्रमिक अनुसन्धानमा काम गर्न कुनै इच्छा छैन । बिग फार्माले रोकथामका लागि कमै लगानी गर्छ । सार्वजनिक स्वास्थ्य संकटको तयारीहरुका लागि लगानी गर्नमा रुची कम छ । ऊ उपचारको डिजाइन बनाउन मन पराउँछ । हामी जति बिरामी हुन्छौँ, त्यति नै उसको कमाई हुन्छ । रोकथामले शेयरहोल्डरको मूल्यमा योगदान गर्दैन ।

सार्वजनिक स्वास्थ्य नियममा लागू हुने व्यावसायिक मोडलले अतिरिक्त क्षमताहरुलाई समाप्त गरेको छ । जो एक आपत्कालीन स्थितिमा आवश्यकता पर्नेछ । सार्वजनिक–निजी सहकार्यलाई अधिकार दिनका लागि रोकथाम एक आकर्षक कार्य क्षेत्र थिएन । 
राष्ट्रपति ट्रम्पले रोग नियन्त्रण केन्द्रको बजेटमा कटौती गरे र राष्ट्रिय सुरक्षा परिषद्मा महामारीमा काम गर्ने समूहलाई त्यही भावनाका साथ भंग गरे । जसरी उनले जलवायु परिवर्तनसहित सम्पूर्ण अनुसन्धान कोषहरुलाई कटौती गरेका थिए । 

यदि म यस बारेमा मानव वैज्ञानिक बन्न चाँहे भने म निष्कर्ष निकाल्ने छु कि कोभिड–१९ प्रकृतिको बदला हो । जुन ४०औँ वर्षदेखि घोर अपमानजक दुव्र्यवहार गरियो । जुन व्यवहार एक हिंस्रक र अनियमित नव–उदारवादीको हातमा छ । यो शायद लक्षणात्मक हुनुपर्छ । कम नव–उदारवादी देशहरु, चीन र दक्षिण कोरिया, ताइवान र सिंगापुर, अहिलेसम्म इटालीमाभन्दा राम्रो तरिकाले महामारीबाट बाहिर निक्लिए । यद्यपी, इरानले यस तर्कलाई एक सार्वभौमिक सिद्धान्तको रुपमा चित्रित गर्नेछ । 

चीनले प्रारम्भिक असहमति र अस्विकृतिका साथ निक्कै कठिन तरिकाले सार्स महामारीबाट सम्हालिएको थियो भन्ने थुप्रै प्रमाण छन् । यस पटक राष्ट्रपति सीले रिपोर्टिङ र परीक्षण दुबैमा पारदर्शितालाई अनिवार्य रुपले स्थानान्तरित गरे, जसरी दक्षिण कोरियाले पनि गर्यो । तर पनि चीनले केही आफ्ना मूल्यवान समय गुमायो । चीनमा अद्भूत कुरा के थियो भने हुवेई प्रान्तको वुहानमा महामारी केन्द्र थियो । महामारी बेइजिङसम्म पुग्नै पाएन र पश्चिमी चीन वा दक्षिणतर्फ पनि फैलिन पाएन । राजनीतिक, आर्थिक र सांस्कृतिक कारणले अन्यत्र सार्न उनीहरुका लागि असम्भव थियो । 

चीनबाट आइरहेका रिपोर्टहरुले हेरचाहका साथ उपचार र नीतिहरु सर्वोपरी भएको संकेत गर्छ । यसबाहेक चीन र सिंगापुरले व्यक्तिगत निगरानीको आफ्नो शक्तिहरुलाई त्यो स्तरमा तैनाथ गरे । जो आक्रामक र सत्तावादी थिए । तर, कुल मिलाएर उनीहरु निक्कै प्रभावशाली रहे, तथापी केही दिनअघि मात्रै काउन्टर एक्सनलाई सेट गरिएको थियो । जुन मोडलले थुप्रैको मृत्युहरुलाई टाल्न सकिने बताउँछ । 

यो महत्वपूर्ण जानकारी हो, कुनै पनि घातकीय वृद्धि प्रक्रियामा एक विभक्ति बिन्दु हुन्छ । जसको अगाडी बढ्दो मास नियन्त्रण बाहिर हुन जान्छ (यहाँ एक पटक डरसँगको सम्बन्धमा मासको महत्वलाई ध्यान दिनुहोस्) । सत्य के हो भने ट्रम्पले थुप्रै साताहरु त्यसै बिताएका छन्, जुन मानव जीवनका लागि महंगो साबित हुनेछ ।

म यस मोडलबाट घेरिएको कल्पना गर्छु । यद्यपी सामाजिक पुनउत्पादन (घर तथा समुदायहरु)को व्यापक सन्दर्भमा, प्रकृतिप्रति एक भइरहेको र विकसित परिवर्तनशील सम्बन्धमा (शहरीकरण र निर्मित पर्यावरणको ‘दोश्रो प्रकृति’सहित), सांस्कृतिक, वैज्ञानिक (ज्ञानमा आधारित), धार्मिक र आकस्मिक समाजिक संरचनाहरुको सबै शैलीहरु, जुन मानव जनसंख्याले प्रायजसो अन्तरिक्ष र समयमा उत्पति गराउँछ ।

अब, चीन र त्यसबाहिर आर्थिक प्रभाव नियन्त्रण बाहिर गइरहेको छ । कर्पोरेट र केही क्षेत्रहरुको मूल्य श्रृंखलाहरुको माध्यमबाट भइरहेको व्यवधान पहिला सोचेको भन्दा अझ व्यवस्थित र पर्याप्त भएका थिए । लामो समयसम्मको प्रभावले आपूर्ति श्रृंखलालाई छोट्याउने वा विविधतापूर्ण बनाउन सक्छ । 

उत्पादन श्रृंखलाहरुको विघटनले मजदुरलाई छोड्न वा छाटकाट गराउन सक्छ । जसले अन्तिम मागलाई प्रभावित गर्छ । जब कि कच्चा सामग्रीको मागले उत्पादन खपतलाई प्रभावित गर्छ । मागमा यी प्रभावले आफैँमा कम्तिमा एक हल्का मन्दीको उत्पादन गर्छ । 
तर, सबैभन्दा ठूलो कमजोरीहरु अन्य कही थिए । सन् २००७÷८ मा उत्पन्न भएका उपभोक्तावादको मोडहरु विनासकारी परिणामसँगै समाप्त भए । यी मोडहरु उपभोगको कुल मूल्यको समयलाई शून्यको नजिक कम गर्नमा आधारित थियो । उपभोक्तावादको यस्तो स्वरुपमा आएको लगानीको बाढीले उपभोक्तावादको स्वरुपमा सबैकुरा पुँजीको बढ्दो संस्करणहरुको अधिकतम अवशोषण थियो । जसमा अन्तराष्ट्रिय पर्यटन प्रतिकात्मक थियो । 

सन् २०१० देखि २०१८ सम्ममा अन्तराष्ट्रिय यात्राहरु ८ सय मिलियनबाट बढेर १.४ विलियन पुगेको थियो । यस प्रकारका तात्किालिक उपभोक्तावादले विमानस्थल र एयरलाइन्स, होटल तथा रेष्टुरेन्ट, थिम पार्क तथा सांस्कृतिक कार्यक्रम आदीमा ठूलो आकारमा आधारभूत संरचनात्मक लगानीको आवश्यकता थियो । 

पुँजी सञ्चयको यो पाटो अब पानीमा मृत अवस्थामा पुगेको छ । एयरलाइन्सहरु टाट पल्टिने अवस्थामा छन् । होटलहरु खाली छन् र आतिथ्य उद्योगमा ठूलो जमातमा बेरोजगारी बढेको छ । अब बाहिर खानु राम्रो व्यवहार होइन । जसका कारण विश्वका धेरै ठाउँमा रेष्टुरेन्टहरु बन्द अवस्थामा छन् । बाहिर निस्कनु पनि जोखिमपूर्ण बनेको छ । सांस्कृतिक उत्सव, फूटबल र बास्केटबल प्रतियोगिता, संगीत, व्यापार र पेशागत सम्मेलन जस्ता समारोहहरु र यहाँसम्मकी निर्वाचनको नजिक राजनीतिक समारोहहरु जस्ता कार्यक्रमहरु पनि रद्द गरिएका छन् । 

यी समारोहमा आधारित प्रयोगात्मक उपभोक्तावाद अब लगभग बन्द भइसक्यो । विश्वविद्यालय तथा स्कूलहरु बन्द भइरहेका छन् । समकालीन पुँजीवादी उपभोक्तावादको अत्याधुनिक मोडल वर्तमान अवस्थामा अव्यवहारिक बनेको छ । एन्ड्रे गोरजले वर्णन गरेको ‘क्षतिपूर्ति उपभोक्तावाद’ विस्फोट भइसकेको छ । जसमा विस्थापित श्रमिकहरुलाई एक उष्ण सामुन्द्रिक तटमा प्याकेज छुट्टीको माध्यमबाट आफ्नो आत्मालाई पुर्नजीवित गराउने प्रयास गर्न सक्छन् ।

तर, वर्तमान विश्वव्यापी पुँजीवादी अर्थव्यवस्थाहरु ७० देखि ८० प्रतिशत उपभोक्तावादबाट प्रेरित छन् । उपभोक्ता आत्मविश्वास र भावना पछिल्लो ४० वर्षमा प्रभावकारी मागेको परिचालनको मुख्य कुञ्जी बनेको र पूँजी बढ्दो मागसँगै आवश्यकताबाट चलेको छ ।

आर्थिक ऊर्जाको यो स्रोत जंगली उतार चढावको अधीनमा छैन । जस्तै आइसल्याण्डिक ज्वालामुखी विस्फोट, जसका कारण केही सातासम्म उडानहरु अवरुद्ध भएका थिए  । तर,  कोभिड–१९ एक जंगली(प्राकृतिक) उथलपुथल नभएर उपभोक्तावादको मुटुमा एक सर्वशक्तिमान दुर्घटना हो ।

जसले सबैभन्दा धनी देशहरुमा प्रभुत्व जमाउँछ । अन्त्यहिन पुँजी सञ्चयको चक्रव्युहको स्वरुप अब, संसारको एक भागबाट अन्य हरेक भागमा घुमिरहेको छ । यसलाई एक चीजले मात्रै बचाउँन सक्छ र त्यो हो सरकारको वित्तपोषण र प्रेरित जन उपभोक्तावाद । यसका लागि संयुक्त राज्य अमेरिकामा सम्पूर्ण अर्थव्यवस्थालाई सामाजिक रुप दिन आवश्यक छ । उदाहरणका लागि समाजवाद नभनीकनै ।
............
अगाडीको घेराहरु
एक सुविधाजनक मिथ छः सरुवा रोगले सामाजिक सीमा तथा बाधाहरु र वर्ग चिन्दैन । यसमा केही सत्यता छ । १९औँ शताब्दी तिरको हैजा महामारीका बेला, वर्गीय वाधाहरु पर्याप्त रुपले नाटकीय थिए । त्यस समय या त सबैको सुरक्षाका लागि बनाइएको थियो वा खाली उच्च वर्ग थियो भन्ने स्पष्ट छैन । 

तर, आज अन्तर वर्ग र सामाजिक असर र प्रभावहरुले एक फरक कथा भन्छ । आर्थिक र सामाजिक प्रभावहरुलाई ‘प्रचलित’ भेदभावहरुको माध्यमबाट फिल्टर गरिन्छ, जुन जहाँ पनि प्रमाणको रुपमा रहन्छ । जुन कार्यशक्तिले बिरामीहरुको बढ्दो संख्याको ध्यान राख्ने आशा गरिन्छ । त्यो सामान्यतया विश्वभरको अधिकांश भागमा लैंगिक, नश्लीय र जातीय विभेद हुन्छ । विमानस्थललगायत अन्य क्षेत्रमा वर्गमा आधारित कार्यशक्ति विभाजन भएको पाउन सकिन्छ । 

यो ‘नयाँ श्रमिक वर्ग’ सबैभन्दा अगाडी छन् र उनीहरुको कामको माध्यमबाट कार्यशक्तिको रुपमा भाइरसको संक्रमणको उच्च जोखिमलाई सहन्छन् ।
यसले सामाजिक विभाजनलाई तिखो बनाउँछ र यसले संक्रमणको स्थितिमा आफूलाई एकान्तबासमा राख्न सक्ने अवस्था छ कि छैन भन्ने प्रश्न गर्छ । ठीक यसरी नै मैले निकारागुवा(१९७३) र मेक्सिको सिटी(१९९५)मा आएको भूकम्पलाई ‘वर्ग–कम्पन’ भन्न सिकेको थिए । त्यसैले कोभिड–१९को प्रगतिले एक वर्ग, लिंग र जातीय महामारीको सम्पूर्ण विशेषताहरुलाई प्रर्दशित गर्छ । 

अमेरिकामा समकालीन श्रमिक वर्ग (जसमा मुख्य रुपले अफ्रिकी, अमेरिकी ल्याटिनेक्स र महिला) हेरचाह र खुल्लापन वा बेरोजगारीको प्रमुख विशेषताहरु बिनै कुनै लाभ पाउने नाममा नराम्रो विकल्पको सामना गर्छन् ।

तलवी कर्मचारीहरु घरबाट काम गर्छन् र पहिलेको जस्तै तलवलाई तान्छन् । जबकि सीइओहरु आफ्नो नीजि जेट र हेलिकप्टरमा यताउता उड्छन् । विश्वको अधिकांश भागमा कार्यबललाई लामो समयदेखि राम्रो नव–उदारवादी विषयहरुको रुपमा व्यवहार गर्नका लागि सामाजिकिकरण गरिएको छ । जसको अर्थ हुन्छ केही गलत भएमा कि आफूलाई भएन भगवानलाई दोष दिनु हुन्छ, तर पुँजीवाद समस्याको जड हुनसक्छ भन्ने केहिल्यै भन्न कहिल्यै हिम्मत नगर्नु हो । तर, राम्रा नव–उदारवादी विषयहरुले पनि यस महामारीलाई जवाफ दिने तरिकामा केही गढबढ छ भन्ने देख्न सक्छन् । 

एक महत्वपूर्ण प्रश्न हो, यस्तो कहिले सम्म चल्नेछ ? यो एक वर्ष वा त्यो भन्दा पनि लामो समय जानसक्छ । जति लामो समयसम्म जान्छ, त्यति नै श्रमशक्ति लगायत अवमूल्यन हुन्छ । बेरोजगारी बढेर सन् १९३० दशकको बराबर बन्ने छ । आर्थिक र दैनिक सामाजिक जीवनका लािग तत्कालीन प्रभावहरु अझ बढ्नेछन् । तर, तिनीहरु सबै खराब होइनन् । 

समकालीन उपभोक्तावाद अत्याधिक हुँदै गइरहेको थियो । जसलाई माक्र्सले ‘अतिवृद्धि र पागलपनको खपत, जसले पुरै प्रणालीलाई राक्षसी र विचित्र पतनको संकेत’को रुपमा ब्याख्या गरेको थिए । परिणामको पर्वाह नगरी गरिएको अत्याधिक उपभोगले नै पर्यावरणीय पतनमा एक मुख्य भूमिका खेलेको छ । 

यी उत्तराद्र्ध ‘क्षणहरु’मा मानवीय इच्छाहरु, आवश्यकताहरु र इच्छाहरुको सक्रिय अभिव्यक्ति, ज्ञानको लालसा, अर्थ र बदलिंदो संस्थागत व्यवस्था, राजनीतिक प्रतियोगिता, वैचारिक भिडन्त, नोक्सान, पराजय, कुण्ठा र पृथकताको पृष्ठभूमि विरुद्ध पूर्तिका लागि विकसित खोजलाई सहभागी गराइएको छ । यी सबैले भौगोलिक, सांस्कृति, सामाजिक र राजनीतिक विविधताको विश्वमा काम गर्छन् । त्यस्तै दोश्रो मोडलले, जुन पहिले थियो, एक विशिष्ट सामाजिक गठनको रुपमा विश्वव्यापी पुँजीवादको मेरो कामकाजी बुझाईलाई तयार पार्छ । जबकि पहिलो मोडल आर्थिक इन्जिनभित्र प्रतिवादको बारेमा छ । जसले सामाजिक गठनलाई उसको ऐतिहासिक र भौगोलिक विकासका केही निश्चित बाटोहरुसँग जोड्छ । 

उडानहरु रद्द हुनु र परम्परागत आवतजावतले ग्रीनहाउस ग्यास उत्सर्जनको सम्बन्धमा सकारात्मक परिणाम आएको छ । वुहानको वायुको गुणस्तरमा सुधार आएको छ, जसरी अमेरिकाका केही सहरमा आयो । पर्यावरणीय पर्यटन क्षेत्रले फेरिने मौक पाउनेछ । 

लापरवाही र मूर्खतापूर्ण उति उपभोक्तावादको स्वादमा अंकुश लगाइएको छ । जसबाट केही दीर्घकालीन लाभ हुनसक्छ । सर्वोच्च शिखर सगरमाथामा कम मृत्यु हुने राम्रो कुरा हुनसक्छ । र, भाइरसको जनसांख्यिक पूर्वाग्रहले सामाजिक सुरक्षा बोझ र हेरचाह केन्द्रको भविष्यमा दीर्षकालीन प्रभाव सँगसँगै उमेरको पिरामिडहरुलाई प्रभाव पार्दै समाप्त गर्न सकिन्छ । 

दैनिक जीवन विस्तारै कम हुँदै जानेछ र केही मानिसका लागि यो आशीर्वाद हुनेछ । सामाजिक दुरीको नियमहरुबारे सुझावले र यदि आपतकालीन निक्कै लामो समयसम्म चल्यो भने सांस्कृतिक परिवर्तन आउँनसक्छ । उपभोक्तावादको एक मात्र रुप छ जसले निश्चित रुपले लाभान्वित गर्नेछ । जसलाई म ‘नेटफ्लिक्स’ अर्थव्यवस्था भन्न चाहान्छु, जसले दर्शकको रुपमा जसरी पनि सेवा गर्छ । 

सन् २००८ मा बनाइएको आर्थिक राहत प्याकेज बैंकहरुमा आधारित थियो, तर ‘जनरल मोटर्स’को वास्तविक राष्ट्रियकरणमा पनि प्रवेश गर्यो । यदि चीनले सन् २००८ को भूमिका दोहोर्याउन सक्दैन भने वर्तमान आर्थिक संकटबाट बाहिर निक्लने बोझ अब संयुक्त राज्य अमेरिकामा स्थान्तरित हुन्छ । र, यहाँ अन्ततः बिडम्बना, आर्थिक र राजनीतिक दुबै रुपले काम गर्ने नीतिहरु नै सामाजिक रुपले काम गर्नेछन् । जसलाई बर्नी स्यान्डर्सले प्रस्तावति गर्न सक्छन् र यी राहत कार्यक्रमहरुलाई डोनाल्ड ट्रम्पको संरक्षणमा सुरुवात गर्नुपर्ने हुन्छ । सम्भवतः ‘फेरी अमेरिकालाई महान बनाऔँ’ नाराको मास्क लगाएर । 

ती सबै रिपब्लिकन, जसले सन् २००८ को आर्थिक राहतको विरोध गरे, या त कागलाई खानुपर्छ या डोनाल्ड ट्रम्पलाई अवज्ञा गर्नुपर्नेछ । अन्ततः यदि उनी बुद्धिमान छन् भने आपत्कालको आधारमा चुनाव रद्द गर्ने छन् र पूँजी र विश्वलाई ‘दंगा र क्रान्ति’बाट बचाउनका लागि एक शाही राष्ट्रपति उदयको घोषणा गर्नेछन् ।

मार्क्सवादी भूगोलविद् डेभिड हार्वेको यो लेख हामीले ‘ज्याकोबिन म्यागेजिन’बाट लिएका हौं । मुलतः समाजवादी धारका विचारमा छलफल चलाउने यो म्यागेजिनमा हार्वेले कोभिड–१९ संक्रमणसँगै ४० वर्षे नव–उदारवादको मनोदशालाई प्रष्टाएका छन् । यो  लेख समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर