• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना संक्रमणः हामी दोश्रो चरणमा छौ, तेश्रो र चौथो चरण भयावह हुन सक्छ : डा. पुन

काठमाडौं । विश्वमा नै महामारीको रुप लिएको कोभिड १९ (कोरोना भाइरस) को नेपालको एकजना स्थानीयमा पनि संक्रमण देखिएसँगै दोस्रो चरणमा प्रवेश गरेको छ । 

बैलेमा सचेत नहुने हो भने कोरोनाको संक्रमण तेस्रो र चौंथो चरणमा पुग्न सक्छ । त्यस्तो भए नेपालको अवस्था निकै भयावह अवस्थामा पुग्नसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

तर, यसलाई यही अवस्थामा सिमित गर्नका लागि समूदायमा चेतना आउनु आवश्यक छ, नागरिकले लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने त देखिन्छ नै, त्यसपछि पनि यसलाई रोक्न युद्धस्तरमा काम गर्नुपर्ने देखिने चिकित्सकहरुको भनाई छ । यसै सम्दर्भमा समाचार दैनिकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेर बहादुर पुनसंग केही कुराकानी गरेको छ : 

मुलुकभर कोरोनाको त्रास छ, नेपालको अहिलेको वास्तविक अवस्था के हो ?
कोरोना संक्रमण नेपालमा अहिले पहिलो चरणबाट प्रवेश गरेको छ । लोकल ट्रान्समिसन भइसकेको अवस्थामा हामिले थप ध्यान दिनुपर्ने कुरा के छ भने लकडाउनको पूर्ण पालना र अझ बढि मेहनत गर्न सकने यसलाई दोश्रो चरणमा नै रोक्न सकिन्छ । अब बढि संक्रमण देखिएको स्थानमा र्यापीड जाँचको व्यवस्थालाई तत्काल सुरु गर्नुको बिकल्प छैन ।

त्यस्तै स्थानीय एरियामा कडाई गर्ने, त्यो ठाँउको मान्छे अर्को ठाँउमा जान नदिने र सवै सचेत भएर कोरोनाको परिक्षण गराउने, यसो गर्दा कोरोनाको संक्रमणलाई अन्य स्थानमा जानबाट रोक्न सकिन्छ । अहिले केहि गम्भीर देखिएपनि एकदमै गम्भीर भने भएको छैन ।  

अहिले यो संक्रमण स्थानीय व्यक्तिमा सरेको छ । जसलाई हामी दोस्रो चरण  भन्छौं, नेपालमा विदेशबाट भित्रिनेको व्यापक निगरानी गरौं र एकरएकलाई क्वारेन्टिनमा राखेर नमुना परीक्षण गरौं र यसको नियन्त्रणका लागि बनाइका कार्यक्रमको छिटो कार्यान्वयन गरौं । अब पनि ढिलासुस्ती, हेलचक्र्याइँ र्गयौँ र कोरोना भाइरसका कारण नेपालमा भयावह अवस्था आउन सक्छ ।

नेपालमा कोरोना संक्रमणको अवस्था गम्भीर बन्दै गएको हो त ?
मैले अघि पनि भने, जानबाट रोक्न सकिन्छ । अहिले केहि गम्भीर देखिएपनि एकदमै गम्भीर भने भएको छैन ।  अहिले यो संक्रमण स्थानीय व्यक्तिमा सरेको छ ।

जसलाई हामी दोस्रो चरण  भन्छौं, यसलाई यहि अवस्थामा सिमित गर्नका लागि समूदायमा चेतना आउनु आवश्यक छ, नागरिकले लकडाउनलाई पुर्ण पालना गर्नुपर्ने त देखिन्छ नै, त्यसपछि पनि यसलाई रोक्न युद्धस्तरमा काम गर्नुपर्ने देखिन्छ । बाहिरबाट आएका कति संक्रमित छन, सवैको पहिचान गरि उनीहरु बसेको समूदायमा पनि कोरोना परिक्षण गर्नुपर्ने देखिएको छ । 

अव नेपालमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने अवस्था छ कि छैन ?
कोरोनाको संख्या ह्वात्तै बढ्न सक्ने अवस्था छैन त म भन्दिन, तर तथ्याङ्क हेर्दा गुणात्मक रुपमा बृद्दि हुने देखिएको छैन । हामीले बिदेशबाट आएका व्यक्तिहरुको नातेदारको स्वाब परिक्षण गर्यौ, प्रायः सवैको रिपोर्ट नेजेटिभ देखिएको छ ।

यसले के देखाउँछ भने अहिले संक्रमितसंग  १०–१५ वा एक घण्टा संगै बस्दा तर्सिहाल्नुपर्ने अवस्था छैन, एकैछिन संगै वस्दा यस्ले ठूलो वित्यास गर्ने अवस्था पनि देखिदैन, तर गम्भीर हुनुपर्ने अवस्था भने देखिन्छ । आफैभित्र इमान्दारीता हुने हो भने लकडाउनलाई पूर्ण पालना गर्ने र कोरोनाको संकेत देखिनेबित्तिकै नलुकाई परिक्षण गर्ने हो भने यसलाई समयमा नै नियन्त्रणमा लिन सकिन्छ । 

टेकु अस्पतालमा विरामीको उपचारमा समस्या भएको खवर आइरहेको छ, वास्तविकता के हो ?
अहिले टेकु अस्पतालमा कोरोना लक्षित उपचारहरुमा मात्र भइरहेको छ । अस्पतालमा ज्वरोको विरामीहरु धेरै आइरहनुभएको छ, ज्वरो कोरोनाको मात्र लक्षण होइन, अन्य रोगको पनि लक्षण हो , अन्य कारणले ज्वरो आएको पाइए हामीले अन्य अस्पताल रिफर गर्ने गरेका छौ, तर टेकुमा एम्वुलेन्सले विरामी छोडेर जाने र अन्य रिफर गर्दा एम्बुलेन्सले लान नमान्ने कारणले केहि समस्या त देखिएको छ ।

तर, विस्तारै यसलाई पनि समाधान गर्दै लाने तयारीमा छौ, यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने ज्वरो आउँदा अन्य अस्पतालमा जाँच गराउदा पनि हुन्छ, अन्य अस्तालमा पनि फिवर क्लिनीकहरु रहेका छन्, अलि बुझाइमा कमि भएका कारण कहिलेकाही समस्या देखिएको हुन सक्छ ।

कोरोना रोकथामका लागि भएका सरकारी प्रयासहरु प्रयाप्त छन् त ?
कोरोना रोकथामका लागि भएका सरकारी प्रयासहरु अपूग छन् भन्ने कुरा त पछिल्लो निर्णयहरुले पनि देखाउछ , सरकारी तवरबाट भएका प्रयास र निर्णयहरुलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नुपर्ने देखिन्छ । अहिले हामी दोश्रो चरणमा छौ, तेश्रो र चौथो अवस्था थप भयावह हुन सक्छ, त्यसकारण यसलाई बेलैमा रोक्न छिटो भन्दा छिटो कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने हो ।

योजनाहरु बनाऔं र यसको सुरुवात पनि छिटो गरौं । ढिलाईले समस्या आउन सक्छ । त्यस्तै आश्वयक योजनाहरु फास्ट ट्रयाकबाट कार्यान्वयन गरौ । लकडाउन भएको छ, यस्तो अवस्थामा सबै निकाय परिचालन गरेर विदेशबाट आएकाहरुको खोजीखोजी स्वास्थ्य परिक्षण गर्न अव ढिलाई गर्न हुन्न । समयमा नै ध्यान दिइयो भने यसलाई समयमा नै नियन्त्रण गर्न सकिन्छ ।

(डा पुन टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक पनि हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर