स्थानीयले नै पठाए वडाध्यक्षलाई क्वारेन्टाइन

जनकपुरधाम । भारतबाट फर्केका एक वडाध्यक्षमाथि कोरोना संक्रमण भएको आशंकामा स्थानीयले क्वारेन्टाइनमा भर्ना गराएका छन् । आइतबार भारत बिहारको मधुवनीवाट आएका जनकनन्दनी गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरस संक्रमण रहेको आशंकामा स्थानीयको दवावमा क्वारेन्टाइनमा भर्ना गराएका हुन् ।

उनी मधुवनीबाट फर्केर घर आएपछि त्रसित बनेका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठकबारे जानकारी गराएर क्वारेन्टाइनमा राख्न प्रहरीलाई दवाव दिएका थिए । 

स्थानीयको दवाबपछि प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिकाका जनप्रतिनिधिसंग छलफल गरेर क्वारेन्टाइनमा पठाइएको थियो ।

उनलाई जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरीमा रहेको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना हुनु परेको छ । वडाध्यक्षसंँगै सो क्वारेन्टाइनमा ९ जना छन् । क्वारेन्टाइनमा वडाध्यक्ष सहित विदेशबाट आएका ८ जना अन्य समेत भर्ना छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर