शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ । सोमबार  मुख्यमन्त्री कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका पुर्व अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । 

प्रदेश सरकारले स्थापना गरेको उक्त  कोषमा बैंक,सहकारी र निजी क्षेत्रका संघसंस्थाले रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।

चेक हस्तान्तरणका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खांचो रहेको बताए । 

बैंकका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार प्रदेश ५ का पांचवटा विकास बैंकहरु मिलेर प्रदेशकै  पहिलो राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर