• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चितवनमा सोमबार २१ जनाको नमूना परीक्षण

चितवन । चितवनमा हिजोबाट सञ्चालनमा आएको कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशालाले सोमवारमात्रै २१ जनाको नमुना परीक्षण गरेको छ । भरतपुर केन्द्रिय अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा।. भोजराज अधिकारीका अनुसार आज संकलित २१ जनाको नमुना परीक्षणको  रिपोर्ट आज रातिसम्म निकाल्ने बताईएको छ । को

कोरोना अस्थायी अस्पतालबाट संकलित १५ र अन्य अस्पतालबाट संकलित ६ वटा नमुना परिक्षणका लागि उपकरणमा हालिएको अधिकारीको भनाई छ ।

परीक्षणको अवधि अत्यन्तै संवेदनशिल हुने भएकाले काम सकिएपछि मात्रै प्राविधिकहरुसंग थप जानकारी लिईने बताइएको छ ।  शुरुवातमा बिभिन्न अस्पतालबाट नमुना संकलन गरि परिक्षण केन्द्रमा पठाएपनि मंगलवारबाट एकद्वार प्रणाली लागू गर्ने तयारी गरीएको डाक्टर अधीकारीले बताए  । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वमा परिक्षणको काम जारी रहेको हो ।

भरतपुरको बाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ । प्रारम्भिक चरणमा एक पटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने लक्ष्य प्रयोगशालाले लिएको छ । ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट (जैविक सुरक्षा)को प्रवन्ध मिलाईएको छ । प्रयोगशालामा २० जनाको प्राविधिक टोलि खटिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर