• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यवद्धता : जसले ‘नश्लवादको युद्ध’ रोक्छ

विशेषगरी बेलायतमा युद्ध–वार्ताको माध्यमबाट गरिएका असमानताका स्पष्ट प्रमाणहरु छन् । एक यस्तो राज्य, जो एक संकटको सामना गर्न नश्लवाद, पितृसत्ता र ‘टर्बो–चार्ज’ पुँजीवादलाई यथावत् राख्ने प्रयास गरिरहेको छ । 

 

यो पोष्टर एउटा युद्धकाल भर्तीको ‘आइकोनिक’ तस्वीरले बनेको थियो । एउटा औँलाले त्यही पोष्टरलाई देखाउँदै ‘तिम्रो देशलाई तिम्रो आवश्यकता छ’ भनिरहेको सीधा अनुमान हो त्यो । १९औँ शताब्दीतिर बेलायतका उच्च सैन्य अधिकारी कडा र लामो दाह्रीवाल लोर्ड केचनरको पोस्टर हो यो । यो अलिक सामान्य पोष्टर हो । यो भन्दा अझ भड्किलो थियो अमेरिकी संस्करणको ‘अंकल साम’ले ‘आई वान्ट यु’ भनिरहेको पोस्टर ।

कोरोना भाइरस महामारीका बेला, हामी पनि एक पटक फेरी युद्धका लागि ठूलो संख्यामा सेनाको भर्ती भइरहेको अनुभव गरिरहेका छौँ । पूर्व तथा समकालीन शाही शक्तिहरु युद्ध–वार्ताको उपयोग गर्दै स्वयमसेवकहरुलाई ‘फ्रन्ट लाइन’(अग्रपंक्ति)का लागि धमाधम भर्ती गर्दै जनालाई ‘आफ्नो तर्फबाट हुने गर्नु’ भनी आग्रह गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चिनियाँ भाइरसविरुद्ध हाम्रो लडाईं’ भनेर हुँकार गरिरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको घोषणा पनि कम छैन । उनले भनेका छन्– ‘हामीले कुनै यद्धकालीन सरकारको जसरी एक्सन लिनुपर्छ ।’ इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु लडाईंको दृष्य देख्छन र भनेका छन्– ‘एक अदृश्य शत्रु विरुद्धको लडाई ।’ यसबीच फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोनले घोषणा गरेका छन् कि– ‘हामी युद्ध मैदानमा छौँ ।’

घोषणा गरिएका यो ‘युद्ध’ । जुन ‘युद्ध रेखाको अग्रपंक्ति’(फ्रन्ट लाइन)मा अस्पताल छ । स्वास्थ्यकर्मीहरु ‘नायक’ हुन् । जो देश र हाम्रो जीवन बचाउनमा लागेका छन् । 

हामीलाई राम्ररी थाहा छ, जेनेभा सम्मेलनको दृश्यमा कुनै सशस्त्र संघर्ष भएका छैनन् । तर, समान रुपले हामी जान्दछौँ कि यो युद्ध–वार्ता बेकारको कुरा होइन भन्ने । उनीहरुको युद्ध–वार्तासँगै नव–साम्राज्यवादी राष्ट्र–राज्यहरु ‘जातीय–राष्ट्रवाद’, पितृसत्ता र वर्ग–स्तरीकरणमाथि प्रहार गर्दै आफ्नो शक्तिहरुको विस्तार गरिरहेका छन् ।

यदि हामी एकताको एक अन्तराष्ट्रियवाद चाहान्छौँ भने हामीले युद्ध–वार्ताको भर्तीलाई अस्वीकार गर्नुपर्छ ।
.........
आपतकालीन समयमा भर्तीः
सामाजिक सिद्धान्तवादी जुडिथ बट्लरले दृश्य र कथा आयामहरुमाथि नियन्त्रणको माध्यमबाट बनाइएको ‘वार अफ फ्रेम’ किताब लेखिन् । मिडियामा प्रसारित पीडित महिला तथा बालबालिकाको तस्विरहरु ग्लोबल साउथमा पश्चिमी राज्यहरुको सैन्य हस्तक्षेपका लागि समर्थन उत्पन्न गराउँछ । यी तस्विरहरु आम जनतालाई सुक्ष्म हेरफेरको माध्यमबाट मौन स्विकृतिमा भर्ती गराउँछ । यस महामारीमा भर्ती केही बढी प्रत्यक्षरुपले देशका नेताहरुबाट सीधा घरबाटै भर्तीको माग गरिरहेका दर्शक तथा श्रोताहरुसम्म प्रसारित हुन्छ । 

जब, आपत्कालीन शक्तिहरुलाई लागू गरिन्छ, यसलाई हामीले हामीलाई सुरक्षित राख्ने उपायको रुपमा स्वागत गर्यौँ । प्रहरी तथा सुरक्षाकर्मीहरुलाई पनि पापीप्रति शख्त भएकोप्रति प्रशंसा गरिन्छ । यहाँ नियमहरुको पालना नगरिरहेका व्यक्तिका लागि लज्जास्पद बनाउने एक संयुक्त बल पनि छ । आन्दोलनको प्रतिबन्धलाई लागू गर्नका लागि डाटा संकलन प्रविधिहरुको बारेमा चर्चा सरलीकरण बनाइएका छन् । 

आपतकालीन शक्तिहरुलाई अंगालिरहँदा हामी आपत्कालीन शक्तिहरुको संकटमा चाहिनेभन्दा लामो समयसम्म टाँसिइरहने एक बानी हुन्छ भन्ने भुल्छौँ । 

हाम्रो ध्यान तत्कालीन मागहरुको माध्यमद्वारा मोडिएको छ । घर–स्कुलमा अध्ययन, वृद्धवृद्धा र बिरामीको हेरचाह, अर्को भोजनको व्यवस्था, आय र रोजगार सुरक्षाको चिन्ता, यहाँसम्म किन नयाँ ‘नेटफ्लिक्स’ क्रेज आदीले ध्यान मोडिएका छौं । आलोचनात्मक सिद्धान्तकारहरुको जमातमा जियोर्जियो एगाम्बेनको आपत्कालीन शक्तिहरुविरुद्धको चेतावनी ‘नयाँ सामान्य’ ट्रेन्डिङमा छ । 

तर, के जो कोही पनि आपत्कालीन शक्तिहरुको एक ‘कोरानाभाइरस सम्प्रदायवादी’को अनुमोदनका बारेमा एगाम्बेनप्रति चिन्तित वा क्रोधित हुन्छ ?के युद्धको नियमहरु लागू हुन्छन् ? 

अतिउत्साहित आपत्कालीन शक्तिहरुको बारेमा चिन्ता युद्ध–वार्ताको अन्य रुपहरु ‘औषधीमाथि युद्ध’देखि ‘आतंकलाई लिएर युद्ध’सम्मलगायत एक चिरपरिचित युद्ध–वार्ताबाट आउँछन् । वास्तवमा हामी युद्धकै स्थितिमा छौं । त्यहाँ अझ बढी शान्तिकाल वा युद्धकाल छैन, त्यहाँ खाली वृद्धिका फरक–फरक चरण छन् । 

अन्तर्राष्ट्रिय कानुन वास्तविक सत्ता राजनीतिको अगाडी निष्क्रिय रुपले उभिएको छैन । टिना जौभालाले हालै अध्ययन गरे जस्तै, ‘अन्तराष्ट्रिय वकिलहरु र संस्थानहरु अन्तर्राष्ट्रिय मामिलाको सैन्यकरण र राष्ट्रिय सुरक्षा राज्य विस्तारको एक अभिन्न अंग बने ।’

अन्तर्राष्ट्रिय वकिलहरुका लागि, युद्धका कानुन ‘जनस’ मुखाकृति भएको प्रकृति हो । यी दुबैले अन्य मानिसको हत्या कम गर्छन् र हिंसामाथि महत्वूर्ण सीमाहरु लगाउँछन् । जेनेभा सम्मेलनले युद्धका कैदीहरु, घाइते, नागरिक र बिरामीलाई सुरक्षाा प्रदान गर्छ । यी कानुनहरु थुप्रै अर्थमा अनुमोदक हुन्छन् । त्यसका साथै यसमा प्रतिबन्धहरु पनि सहभागी हुन्छन् । तर, प्रतिबन्धहरु खाली एक मानव शत्रु विरुद्धको लडार्इंको मामिलामा मात्रै लागू हुन्छ । 

मानव शत्रुको अनुपस्थितिमा, जो सरकारहरु आफूलाई युद्धमा परिरहेको देख्छन्, केवल अनुमोदक पक्षहरुको लाभ उठाउँन सक्छन्, न कि प्रतिबन्धात्मक । यस महामारीलाई एक सार्वजनिक स्वास्थ्य आपत्कालको स्वरुप दिनुभन्दा युद्धको स्वरुपमा तयार गरिनु राज्यको कार्यहरुलाई वैधता दिन्छ, जुन साधारणतया स्विकार्य हुँदैन । 

महत्वपूर्णरुपले युद्ध–वार्ताले नव–उदारता राज्यलाई सार्वजनिक सेवाहरुको कोषको वर्षौंको व्याख्या गर्ने आवश्यकताभन्दा ‘शत्रु’प्रति शत्रुतालाई निर्देशित गर्ने अनुमति दिन्छ ।
..........
एक शत्रुको दर्शनः
यद्यपि शत्रु अदृश्य छ । फेरी पनि एक युद्ध–वार्ताले एक शत्रुको दर्शन गराउँछ । जहाँसम्म युद्ध ‘अन्य’सँग जोडिएको हुन्छ, युद्ध–वार्तामा जातीय–राष्ट्रवादी भावनलाई उदय गराउने र बनाउने प्रवृत्ति हो । 

जति छिटो सीमाहरु बन्द र कसको जीवन बचाउँने भन्ने निर्णय लिनुपर्ने हुन्छ, सम्पत्तिमाथिको प्रश्न ठूलो तनावमा आउँछ, जस्तो ‘क्षेनोफोबिया’ । वास्तवमा जब भाइरसलाई नेतृत्वदायी पदवालहरुद्वारा ‘चाइनिज भाइरस’ वा कुनै एक ‘विदेशी भाइरस’को संज्ञा दिइन्छ, जातीय–राष्ट्रवाद निहित रहेन, यो राज्य प्रोपागाण्डाको एक हिस्सा हो । यो अझ खराब बन्छ । 

हामीले विभिन्न महत्वपूर्ण अध्ययनहरुबाट थाहा पाएका छौं, जातीयताका आधारमा गरिने प्रभुत्व प्रायः महिलाको प्रभुत्वसँगै हातेमालो हुँदैजान्छ र वर्ग स्तरीकरणका चालकहरुसँगै यिनीहरु छुट्टिन्छन् । 

विशेषगरी बेलायतमा युद्ध–वार्ताको माध्यमबाट गरिएका असमानताका स्पष्ट प्रमाणहरु छन् । एक यस्तो राज्य, जो एक संकटको सामना गर्न नश्लवाद, पितृसत्ता र ‘टर्बो–चार्ज’ पुँजीवादलाई यथावत् राख्ने प्रयास गरिरहेको छ । 

प्रथम विश्वयुद्धको अग्रपंत्तिमा सार्वजनिक विद्यालयका शिक्षित अधिकारीहरु र मजदुर वर्गबीचको समानता एक दुःखद् सत्य हो । वास्तवमा उनीहरु ‘फ्रन्ट लाइन’ सेनानी थिए, जसले लोर्ड किचेनरको पोस्टर अभियानको आधारमा स्वेच्छाले भाग लिएका थिए । 

जब कि, विशेषाधिकार प्राप्त बोरिस जोन्सन आफ्नो युद्ध मन्त्रीमण्डलको सञ्चालन गर्छन् र चर्चित हस्तीहरु र शाही परिवारका सदस्यहरुलाई कोभिड–१९ को परीक्षण किट सजिलै उपयोग गर्न सक्छन् । नर्स र अन्य स्वास्थ्यकर्मीहरुको परीक्षणलाई डरलाग्दो गरी वेवास्ता गरिएको छ । ती बलिदानहरुको उल्लेख नगरुँ। जो वर्षौको तपस्याका कारण खाद्य बैंकहरुमा निर्भर छन्, उनीहरुलाई ‘राष्ट्रिय बल’को नाममा निर्माण गर्नुपर्छ ।
..........
भर्तीको अस्विकृतिः
यी सार्वजनिक स्वास्थ्य आपत्कालबीच, हामीले जातिवाद, पितृसत्ता र (राज्यको एकाधिकार) पुँजीवादको सामान्यीकरणलाई अस्विकार गर्नुपर्छ । हामीले जातीय–राष्ट्रवादका लागि गरिएका भर्ती अस्विकार गर्नुपर्छ । हामीले युद्ध–वार्तालाई नदोहोर्याएर सीमाभन्दा पर हेरचाह गर्ने र आपसी समर्थनको क्षणलाई मान्नुपर्छ । 

हामी यसमा एकसाथ छौँ, तर समान आधारमा होइन । पश्चिमी देशहरुमा उनीहरुको छिमेकीहरुसँग एक जुट देखिएको त्यो पहिलो झलक हो । यसलाई ग्लोबल साउथसम्म विस्तार गर्न आवश्यक छ । उपचार, सहायता र अनुसन्धानको समन्वयका लागि एकतामा औषधी आपूर्ति र कर्मचारीको वितरणमा पनि सहभागी हुनुपर्छ । यी सबैलाई सहभागी गराउनु भनेको शोषणको ढाँचालाई भत्काउनु हो, जसले ग्लोबल साउथलाई सार्वजनिक स्वास्थ्य संकटमा अझ खराब बनाउँछ । 

एकता आवश्यक छ । यदि हामी एकताको अन्तर्राष्ट्रियवादका लागि प्रतिबद्ध छौँ भने र युद्ध–वार्ता वास्तवमा के हो भनेर बोल्यौँ भने मात्रै यो एक अवसर हुनेछ ।

(लेखिका बेलायतको वारविक विश्वविद्यालमा सह–प्राध्यपक र सह–निर्देशक हुन् । हामीले यो लेख ‘अलजजीरा’बाट अनुवाद गरेका हौं ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर