• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद जायद विन अल नाह्यानसँग टेलिफोन सम्बाद गरेका छन्।

सोमबार साँझ प्रम ओलीले टेलिफोन सम्बादको क्रममा त्यहाँस्थित नेपालीहरूको सुरक्षाको सन्दर्भमा युवराज मोहम्मदसँग जिज्ञासा राखेका थिए। प्रम ओलीको जिज्ञासामा उनले नेपालीहरूलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने आश्वास दिएका छन्।

‘नेपालीहरू इमान्दार र परिश्रमी छन्। उनीहरूले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु,’ प्रम ओलीले ट्वीटमार्फत युवराज मोहम्मदको उद्धृत गर्दै भनेका छन् ‘ढुक्क रहनुहोस्, नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं।’

यसअघि उनले शनिबार बहराइनमा रहेका नेपालीहरूको स्वास्थ्य सुरक्षाबारे त्यहाँका प्रधानमन्त्रीसँग चासो राखेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर