भरी सिलिन्डर ग्याँस बेच्ने दुई उद्योगमाथि कारबाही हुने

काठमाडाैं । नेपाल आयल निगमले भरी सिलिन्डर ग्यास बेचेको भन्दै दुई उद्योगमाथि कारबाही सुरु गरेको छ। निगमका अनुसार नवलपरासीको जानकी ग्यास उद्योग र बाराको लियो ग्यास उद्योगमाथि कारबाही सुरु गरेको जनाएको छ ।

कोरोना भाइरस महामारीको बेला निगमले आधा सिलिन्डर ग्यास बेच्न दिएको निर्दशन उल्लंघन गरेको भन्दै निगमले कारबाही तयारी थालेको जनाएको छ ।

'निगमको निर्देशनको वरखिलाफ ७.१ केजी ग्यासको सट्टा १४.२ केजी ग्यास भरिएका सिलिन्डर बजारीकरण गरेको पाइएकाले सो सम्बन्धमा जानकी ग्यास उद्योग प्रालि र लियो ग्यास उद्योग प्रालिमाथि छानबिन गर्न समिति गठन गरिएको व्यहोरा अनुरोध छ,' निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'छानबिन समितिको प्रतिवेदन प्राप्त भइसकेपछि सोको सिफारिसअनुसार हुनेगरी ती उद्योगहरुलाई १५ दिन कारोबार निलम्बन गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर