एक लाख मजदुरहरुको परिवारलाई अमिताभ बच्चनले खाना खुवाउँने

मुम्बई । महानायक अमिताभ बच्चनले अल इंडिया फिल्म इम्प्लोईज कन्फेडेरेशनसंग आबद्ध एक लाख मजदुरहरुको परिवारलाई खानाको व्यवस्था गर्ने बताएका छन् । ‘वि आर वन’ नाम दिएर उनले शुरुवात गरेको यो अभियानलाई सोनी पिक्चर्स नेटवर्क इंडिया र कल्याण ज्वेलर्सले पनि सहयोग गर्ने भएको छ । 

सोनी पिक्चर्स नेटवर्क इंडियाले आइतबार जारी गरेको एक ब्यक्तब्यमा भनिएको छ – ‘जुन अभूतपूर्व परिस्थितिमा हामी छौ, यसमा श्रीमान बच्चन द्वारा शुरु गरिएको पहलको सोनी पिक्चर्स नेटवर्क इंडिया र कल्याण ज्वेलर्स समर्थन गर्दछ, यसको माध्यमबाट देशभरका एक लाख परिवारलाई खाध्य सामग्री उपलब्ध गराइनेछ’ । खाध्य सामग्रीहरु कति समय सम्म उपलब्ध गराइन्छ भन्ने जानकारी भने दिईएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर