फिल्म ‘द बर्निङ ट्रेन’ को रिमेकमा ऋतिक रोशन

मुम्बई । सन् १९८०  निर्माण भएको फिल्म ‘द बर्निङ ट्रेन’ को रिमेक बन्ने भएको भारतिय मिडियामा बताइएको छ । यस फिल्ममा स्टार ऋतिक रोशनको अभिनय रहने चर्चा चलेको छ । अभिनेता ऋतिकले यस फिल्ममा आफु रहेको नबताएपनि एउटा नयाँ फिल्मको स्क्रिप्ट अध्ययन र चरित्र निर्माणको तयारी गरेको बताएका छन् । 

उनले होम क्वारेन्टाइनबाटै फिल्मको तयारी गरेको र दुई महिनापछि सुटिङ हुने बताएका छन् । यस फिल्ममा पूजा हेगडे पनि रहने बताइएको छ ।  निर्माता ज्याकीले लकडाउनका कारण फिल्मको कार्य रोकिएको र घरभित्रै बसेर फिल्मको तयारी गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर