लकडाउनमा बलिउड सेलिब्रेटीले घरमै बनाए शर्ट फिल्म ‘फ्यामिली’ (भिडियोसहित) 

मुम्बई । भारतीय फिलम उद्योगका कलाकारहरुले लकडाउनको सदुपयोग गर्दे एक शर्ट फिल्म ‘फ्यामिली’ बनाएका छन् । यो शर्ट फिल्ममा कलाकारहरुले आ–आफ्नै भाषाहरु प्रयोग गरेका छन् । फिल्मका सबै कलाकारहरुले आफ्नै घरबाट आफ्नो भिडियो बनाएका थिए । सोनी पिक्चर्स नेटवर्क इंडिया, कल्याण ज्वेलर्स र अमिताभ बच्चनको सहयोगमा प्रसुन पाण्डेले फिल्मको निर्देशन गरेका हुन् ।

यो फिलम निर्माण हुनुको उदेश्य कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि घरमा बस्ने कति आवश्य छ भन्ने सन्देश दिन हो ।   फिल्ममा अमिताभ बच्चन, रनवीर कपुर, रजनीकान्त, मोहनलाल, प्रोसेंजित चटर्जी, अलिया भट्ट, चिरन्जीवी, शिब राजकुमार, सोनाली कुलकर्नी लगायतले अभिनय गरेका छन् । फिल्ममा अमिताभ आफ्नो चस्मा खोजिरहेका छन् भन्ने अन्य सबैले उनलाई मद्धत गरिरहेका छन् ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर