• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सांसद प्रभु शाहद्वारा आफ्नो क्षेत्रको सबै स्थानीय तहलाई निजी स्रोतबाट स्वास्थ्य सामाग्री 

गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेका हुन् । 

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहलाई निजी स्रोतबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउदा काममा थप प्रभावकारिता आउने विश्वास लिइएको छ । सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान ल्ढछ मास्क, १००० थान ग्लब्स, २ सेट पिपिई र ५र५ लिटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् । उनको निर्वाचन क्षेत्र मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिका पर्दछ । 

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेको छ । सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराएका नेता साह भन्छन्, ‘कोरोना भाइरसविरुद्धको लडाइँमा तपाईं हाम्रो ऐक्यबद्धता र साथको जति जरुरी छ, त्यति नै जरुरी यस विपदको घडीमा आफ्नो स्थानबाट गर्न सकिने सहयोगको छ । कोरोना भाइरसको संक्रमण रोक्न फिल्डमा खटिएका स्वास्थ्यकर्मीलगायतका साथीहरूलाई अत्यावश्यक मेडिकल सामाग्रीको अभावले थप जटिलता सृजना गरेको अवस्था छ । यस महासंकटको बेला मैले सानो प्रयासस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराउदै छु । स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास लिएको छु । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगका लागि अग्रसर हुन सबैमा आह्वान पनि गर्दछु ।’

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले लकडाउनको अवधिभर घरमै बसेर कोरोना भाइरस नियन्त्रणको अभियानमा साथ दिन पुनः आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर