ऊर्जामन्त्री पुनले रोल्पाका सबै पालिकालाई थप स्वास्थ्य सामाग्री पठाए

रोल्पा । ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान काठमाण्डौं, २४ चैत– ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि थप अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।


मन्त्री पुनले पठाएको चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री सोमबार साँझ सदरमुकाम आई पुगेको छ । मंगलबार बिहान ११ बजे स्वास्थ्य सामाग्रीहरु प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गरिएको छ । 

मन्त्री पुनको स्वकीय सचिव सन्तोष पुनले स्वास्थ्य सामाग्रीको दोश्रो लट जिल्ला प्रशासनलाई हस्तान्तरण गरेका हुन् । 

रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो । जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मदतासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् ।

मन्त्री पुनले रोल्पाको संकटको खतरालाई अहिलेनै सचेतनापूर्वक सामाना गर्नका लागि संघीय सरकार एवं आफ्नो तर्फबाट अत्याधिक सहयोग एवं पहल गर्ने बताउँदै रोल्पामा हुने सबै संकटलाई प्रदेश सरकार, स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, राजनीतिकदल सबै मिलेर सामाधान गर्ने बताए । 

सोमबार समाचार दैनिकसँग मन्त्री पुनले भने, –‘मैले पनि जति सकिन्छ पहल गर्नेछु । सबै जिल्लाबासीको एकताले मात्रै कोरोना विरुद्धको लडाईमा सफलता हसिल गर्न सकिने छ । सबै लागौँ । हामी सफल हुन्छौं ।’

प्रमुख जिल्ला अधिकारी लक्षण ढकालका अनुसार उर्जामन्त्रीद्वारा रोल्पा जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव रहेको बेलामा मन्त्री पुनले ९० सेट र स्वास्थ्य मन्त्रालयबाट १० सेट गरी जम्मा १०० सेट पि.पी.इ सेट, १ हजार १५० थान पञ्जा, सेनिटाइजर वठाएका हुन् ।

मन्त्री पुनमगरका स्वकीय सचिव पुनले रोल्पा जिल्लामा संकट आउने नदिन मन्त्री पुनले पहल गरिरहेको जानकारी दिए । 

यसअघि पहिलो खेपमा मन्त्री पुनले नै पठाएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर