• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाः पाकिस्तानमा सयौँ घर पालुवा जनावर मरे 

एजेन्सी । पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा ‘लकडाउन’का कारण घर पालुवा जनावर बजारमा सयौँ पाल्तु बिरालो, कुकुर र खरायो मृत भेटिएका छन् ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि केही सहरमा एक सातादेखि लकडाउन घोषणा गरिएको छ भने आन्तरिक उडानहरु रद्द छन् । 

एएफपीका अनुसार, कराचीको इम्प्रेस बजारमा रहेका केही जिउँदो जनावरको भने उद्धार गरिएको छ । बन्यजन्तु अभियान्ताले प्रशासनसँग पाल्तु जनावरहरुको उद्धारको माग गरेका थिए । 

‘जब हामी भित्र पस्यौँ, धेरैजसो जनावर, करिब ७० प्रतिशत मरिसकेका थिए । मृतक जनावरहरु भुँईमा छरपस्ट लडिरहेका थिए,’ बन्यजन्तु अभियान्ता अयेशा चुन्द्रिगारले एएफसीसँग बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर