• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 01:29 pm

लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ :  मुख्यमन्त्री पौडेल

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्  । भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए । पौडेलले माहामारी नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पालना गराउन तथा लकडाउनका कारण सिर्जित समस्या निराकरण गर्न एवं भाइरस फैलिन नदिन पालिकाले खेलेको भूमिकाको प्रशंसा गरे । 
 
मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिँदै केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतीक्षा नगर्न अनुरोध गरे । पालिकामा भएको बजेट खर्च गर्नुपर्ने उनको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम विस्तारै गर्दै जाने हो”, उनले भने । मुख्यमन्त्री पौडेलले स्थानीय निकायको  कोषमा भएको रकम खर्च गर्दा भने पारदर्शिता अपनाउन सुझाव दिए ।
 
पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरे । उनले भने, “राहत अतिआवश्यक भएकाका लागि मात्र हुनुपर्नेमा लकडाउन शुरु भएदेखि नै बाँड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत होइन ।” कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले माहामारी अवस्था आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उनको भनाइ थियो ।
 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बागलुङमा पहिरोले ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा

  • १२ असोज, २०७७

बागलुङ। निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ। २१५ घर उच्च जोखिममा छन्। बागलुङ नगरपालिकामा ६५

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

  • १२ असोज, २०७७

चितवन ।  कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् ।

पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन व्यवसायीको भनाई

  • ११ असोज, २०७७

चितवन ।  कोरोना महामारीकाबीच भएको लामो लकडाउनपछि पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन व्यवसायीहरुले बताएका छन् । ४१ औं विश्व पर्यटन